श्रीलंकाका अलराउन्डर परवेज महारुफलाई कप्तानमा चुन्दै काठमाडौं किंग्स ११ ले शुक्रबार टीभीएस एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटका लागि आफ्नो टोली घोषणा गरेको छ ।
काठमाडौँ, ९ असोज : चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) आजबाट सुरु भएको छ । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा लिग भइरहेको छ । आजको उत्घाटन खेलमा काठमाडौं किंग्स इलेवेन र साविक विजेता ललितपुर प्याट्रीयट्स भिड्दैछन् । दिउँसो सवा १२ बजेबाट सुरु भएको खेलमा काठमाडौंले टस जित्दै ललितपूरलाई ब्याटिङको निम्तो दिएको थियो । अहिले खेलको पहिलो […]
काठमाडौं किंग्स ११ ले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिगका लागि आफ्नो टिम सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा काठमाडौं किंग्स–११ ले कप्तान सन्दिप लामिछाने र पाकिस्तानी टिमका पूर्वकप्तान शाहिद अफ्रिदीसहित टिमका सदस्यहरु सार्वजनिक गरेको हो ।
शनिबारबाट काठमाडौंमा सुरु हुने एभरेस्ट प्रिमियर लिग (ईपिएल) का लागि काठमाडौं किंग्स् ११ ले टोली घोषणा गरेको छ । सन्दीप लामिछानेको कप्तानीमा उत्रने टोलीमा पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदी र अफगानी क्रिकेटर रेहमानुल्लाह गुर्वाज पनि हुनेछन् । त्यसैगरी गुल्शन झा, सुवास खकुरेल, सिद्धान्त लोहनी,जितेन्द्र मुखिया,अमित श्रेष्ठ, राजु रिजाल, अमरसिंह रौटेला, शेर मल्ल, सम्सद शेख, दीपेन्द्र रावत, आकाश चन्द र रायन वर्ल टोलीमा छन् । कुन खेल कहिले ?ईपिएलमा पहिलो चरणअन्तर्गत काठमाडौं किंग्स ११ ले
काठमाडौं : एभरेष्ट प्रिमियर लिग (इपीएल) खेल्न पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी काठमाडौं आएका छन्। काठमाडौं किंग्स ११ बाट इपीएल खेल्न उनी आज आइपुगेका हुन्।
इपीएलमा अफ्रिदीले दुई खेल खेल्ने बताइएको छ। यसपटकको इपीएल संस्करण असोज ९ गतेदेखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ।
नेपाल आएपछि संचारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अफ्रिदीले आफू नेपाली…
एभरेष्ट प्रिमियर लिगक्रिकेट अन्तर्गत काठमाडौं किंग्स इलाभेन टिमको मुख्य प्रायोजन शिवम् सिमेन्टले गर्ने भएको छ । असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित टियु मैदानमा हुने एभरेष्ट प्रिमियर लिगमा शिवम् सिमेन्ट स्ट्रेन्थ पार्टनरको रुपमा काठमाडौं किंग्स इलाभेनमा आबद्ध हुने बताइएको छ ।शिवम् सिमेन्ट र काठमाडौं किंग्स इलाभेन बीच सम्झौता हस्ताक्षर भएको छ । शिवम् सिमेन्टले काठमाडौं […]
२० भदौ, काठमाडौं । काठमाडौं किंग्स-११ ले आगामी असोजमा हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) का लागि कलाम अलीलाई प्रशिक्षक नियुक्त गरेको छ । काठमाडौंले शनिबार सामाजिक संजालमार्फत अलीलाई प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । चौंथो संस्करणको ईपीएल टी-२० क्रिकेट असोज ९ देखि असोज २३ गतेसम्म टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । काठमाडौंले यस पटक प्रशिक्षक […]
काठमाडौं (अस) । पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान अलराउन्डर साहिद अफ्रिदीले एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् ।
चौथो संस्करणको ईपीएलमा उनले काठमाडौं किंग्स इलाभेनबाट खेल्ने भएका हुन् । काठमाडौं किंग्सले विदेशी खेलाडीका रूपमा साहिद अफ्रिदीलाई अनुबन्ध गरेको सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
नेपाली लिग खेल्न आउने विदेशीमध्ये अफ्रिदी सबैभन्दा सफल खेलाडी हुन् । अफ्रिदीले पाकिस्तानबाट २७ टेस्ट, ३९८ एकदिवसीय र ९९ ट्वान्टी–२०अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।
सन् १९९६ मा केन्याविरुद्धको खेलबाट अफ्रिदीले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । उनले सन् १९९६ मा श्रीलंकाविरुद्धको खेलमा ३७ बलमा १०० रन बनाएका थिए । यो विश्व क्रिकेटमा लामो समयसम्म रेकर्डका रूपमा रहेको थियो ।
अफ्रिदीले एकदिवसीय क्रिकेटमा ८ शतक र ३९ अर्धशतकसहित ८ हजार ६४ रन बनाएका छन् । त्यस्तै, उनले एकदिवसीय क्रिकेटमा ३९५ विकेट लिएका छन् ।
ट्वेन्टी–२० मा उनले १ हजार ४१६ रन बनाएका छन् भने ९८ विकेट लिएका छन् । चौथो संस्करणको ईपीएल असोज ९ गतेदेखि २३ सम्म त्रिवि क्रिकेट मैदानमा हुने तालिका सार्वजनिक भएको छ ।
काठमाडौं, (नेस) । पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपिएल) मा काठमाडौं किंग्स इलेभेनबाट खेल्ने भएका छन् । काठमाडौंले सोमबार विदेशी खेलाडीका रूपमा अफ्रिदीको नाम सार्वजनिक गरेको हो । ४४ वर्षीय अफ्रिदीले काठमाडौं किङ्स–११ बाट चौंथो संस्करणको ईपीएल खेल्ने भएका हुन् । अफ्रिदी नेपाल आउन लागेका सर्वाधिक ठूला नामका अलराउन्डर हुन् […]
९ असार, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएफ) फ्रेन्चाइज काठमाडौं किंग्स ११ ले मुख्य प्रशिक्षकका लागि आवेदन खुल्ला गरेको छ । टेलिहोल्डिङ्स प्रालिको स्वामित्वमा रहेको काठमाडौंले बुधबार एक विज्ञप्ति जारी गरी आगामी सिजन २०२१/२२ का लागि प्रशिक्षकको आवेदन खुल्ला गरेको जनाएको छ । ईपीएलको चौथो संस्करण आगामी असोजमा हुने तय छ । २०७६ को चैतमा […]