पाकिस्तानी क्रिकेटर साहिद काठमाडौं किंग्स इलेभेनमा आबद्ध

काठमाडौं (अस) । पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान अलराउन्डर साहिद अफ्रिदीले एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । चौथो संस्करणको ईपीएलमा उनले काठमाडौं किंग्स इलाभेनबाट खेल्ने भएका हुन् । काठमाडौं किंग्सले विदेशी खेलाडीका रूपमा साहिद अफ्रिदीलाई अनुबन्ध गरेको सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । नेपाली लिग खेल्न आउने विदेशीमध्ये अफ्रिदी सबैभन्दा सफल खेलाडी हुन् । अफ्रिदीले पाकिस्तानबाट २७ टेस्ट, ३९८ एकदिवसीय र ९९ ट्वान्टी–२०अन्तर्राष्ट्रिय खेल खेलेका छन् । सन् १९९६ मा केन्याविरुद्धको खेलबाट अफ्रिदीले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । उनले सन् १९९६ मा श्रीलंकाविरुद्धको खेलमा ३७ बलमा १०० रन बनाएका थिए । यो विश्व क्रिकेटमा लामो समयसम्म रेकर्डका रूपमा रहेको थियो । अफ्रिदीले एकदिवसीय क्रिकेटमा ८ शतक र ३९ अर्धशतकसहित ८ हजार ६४ रन बनाएका छन् । त्यस्तै, उनले एकदिवसीय क्रिकेटमा ३९५ विकेट लिएका छन् । ट्वेन्टी–२० मा उनले १ हजार ४१६ रन बनाएका छन् भने ९८ विकेट लिएका छन् । चौथो संस्करणको ईपीएल असोज ९ गतेदेखि २३ सम्म त्रिवि क्रिकेट मैदानमा हुने तालिका सार्वजनिक भएको छ ।

सम्बन्धित सामग्री

कीर्तिपुर मैदानमा जब उत्रिए साहिद अफ्रिदी... [तस्बिरहरु]

एभरेस्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करणअन्तर्गत पहिलो खेलमा काठमाडौं किंग्स ११ ले ललितपुर प्याट्रियट्सविरुद्ध ७ विकेटको जित हात पारेको छ । कीर्तिपुरस्थित टियू खेल मैदानमा भएको पहिलो खेलमै पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदी काठमाडौं किंग्स ११ बाट मैदानमा उत्रिएका थिए । सन्दीप लामिछानेको कप्तानीमा अफ्रिदीको खेल कौशल हेर्न दर्शकको घुइँचो लागेको थियो ।

क्रिकेटर शाहिद अफ्रिदी नेपाल आइपुगे

पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी चौथौं संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिता खेल्न बिहीवार काठमाडौं आइपुगेका छन् । शनिवारबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आयोजन हुने ईपीएल खेल्न पाकिस्तानका अलराउन्डर बिहीवार नेपाल आइपुगेका हुन् । बिहीवार दिउँसो त्रिभुवन विमानस्थल ओर्लिएका अफ्रिदिलाई ईपीएलका निर्देशक अमिर अख्तरले स्वागत गरे । उनी सम्मिलित टोली काठमाडौं किंग्स इलाभेनका पदाधिकारीले पनि स्वागत गरेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीले ...

शाहिद अफ्रिदी काठमाडौंमा, इपीएलमा काठमाडौं किंग्स ११ बाट खेल्ने

काठमाडौं : एभरेष्ट प्रिमियर लिग (इपीएल) खेल्न पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी काठमाडौं आएका छन्। काठमाडौं किंग्स ११ बाट इपीएल खेल्न उनी आज आइपुगेका हुन्। इपीएलमा अफ्रिदीले दुई खेल खेल्ने बताइएको छ। यसपटकको इपीएल संस्करण असोज ९ गतेदेखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ। नेपाल आएपछि संचारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अफ्रिदीले आफू नेपाली…