हाल भारतमा मङ्कीपक्सका कुल चार जनामा संक्रमण देखिएको छ । केरलाका तीन र दिल्लीका एक जनामा यसको भाइरस पुष्टि भएको छ । छिमेकी देशमा यो भाइरस देखिइसकेकोले नेपाल पनि यसको उच्च जोखिममा रहेको छ ।विश्व स्वास्थ्य संगठनले मङ्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकालको रूपमा घोषित गरिसकेको छ । त्यसपछि सर्वसाधारणको मनमा लकडाउन, प्रतिबन्ध र सामाजिक दुरीको डरले डेरा जमाउन सुरु गरेको छ । कोभिड महामारीपछि यो नयाँ भाइरस पुनः समुदायमा आउने हो कि भन्ने पिरले धेरैलाई सताएको छ ।नयाँ भाइरससँग सम्बन्धित विभिन्न प्रश्नहरू