नेपालमा पहिलो पटक मङ्कीपक्स भाइरसको सङ्क्रमण देखिएको छ । असार २ गते ६० वर्षीया विदेशी महिलामा मङ्कीपक्स भाइरस (एमपक्स) को सङ्क्रमण देखिएपछि नेपालमा पनि जोखिम बढेको छ ।के हो त मङ्कीपक्स ?मङ्कीपक्स एक प्रकारको भाइरल सङ्क्रामक रोग हो, जसलाई एमपक्स पनि भनिन्छ । यो रोग मङ्कीपक्स भन्ने भाइरसको सङ्क्रमणबाट लाग्छ ।मङ्कीपक्स कसरी सर्छ ?मङ्कीपक्स सङ्क्रमित व्यक्ति वा सङ्क्रमित पशुको सम्पर्कमा आउँदा सर्न सक्छ । कुनै सङ्क्रमित व्यक्ति वा पशुको सम्पर्कमा आएको तीन हप्तभित्रमा अर्को स्वस्थ व्यक्तिमा यो रोग सर्न सक्छ ।सङ्क्रमित व्यक्तिको नजिक जाँदा, सँगै बस्दा, श्वासप्...