क्यानाडाको जनस्वास्थ्य एजेन्सीले बुधवारसम्म देशमा कुल ४७७ जना मङ्कीपक्स सङ्क्रमण भएको पुष्टि गरेको छ। एजेन्सीका अनुसार क्युबेकमा २८४, ओन्टारियोमा १५६, ब्रिटिश कोलम्बियामा २९ र अल्बर्टाका आठ जनामा सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय माइक्रोबायोलोजी प्रयोगशालाले मङ्कीपक्स निम्त्याउने भाइरसको निदानात्मक परीक्षण गरिरहेको बताएको छ। मङ्कीपक्सले व्यापक सङ्क्रमण निम्त्याउन सक्ने र यो रोग सामान्यतया मध्य र पश्चिम अफ्रिकाको जङ्गली भागहरूमा बढ्ता पाइएको बताइएको छ । विश्व स्वास्थ