नेकपा एमालेको माधव कुमार नेपाल पक्षको केन्द्रीय समितिको दोस्रो दिनको बैठक सुरु भएको छ । राजधानीको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बैठक सुरु भएको हो । आजको बैठकमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहने नेता रघुजी पन्तले जानकारी दिए । बिहीबार पहिलो दिनको बैठकमा एक दर्जन बढी केन्द्रीय सदस्यहरुले पार्टी एकता र सत्तारोहणका विषयमा मिश्रित सुझाव दिएका थिए । त्यसरी धारणा राख्नेमा विजय पौडेल, झपट रावल, बलराम बाँस्कोटा, रामकुमारी झाँक्री, सविता भुसाल, शेरबहादुर केसी, रवीन