आयोजक नेपाल एपीएफ स्कुलले सातौं एपीएफ स्कुल कप आमन्त्रित फुटबल प्रतियोगितामा मंगलबार ग्रिन भिलेज सेकेन्डरीलाई ६–० ले पराजित गरेको छ । विजेताका डम्बर बिकले ह्याट्रिक गरे भने विकास बोहोराले २ र दिपेश गुरुङले १ गोल गरे ।
आयोजक नेपाल एपीएफ स्कुल कीर्तिपुर (क), सैनिक आमावि सल्लाघारी र नेपाल पुलिस स्कुल साँगा बिहीबार प्रथम एनएपीएफएस अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेका छन् ।
काठमाडौं । मेयर कप खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फ एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबले विजयी शुरुवात गरेका छन् । ललितपुरको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा आईतवार एपीएफले आयोजक ललितपुर महानगरपालिका सिटीलाई ३–० को सेटमा हराएर सुखद सुरुआत गरेको हो । एपीएफले ललितपुरमाथि २५–६,२५–७ र २५–१४ को सेटमा जित निकालेको हो । […]
कास्की – २२ औँ आहा रारा पोखरा गोल्ड कपमा धरान फुटबल क्लबले विजयी सुरुवात गरेकाे छ । आयोजक सहारा क्लबलाई एक–शून्य गाेलले हराउँदै धरानले क्वाटर–फाइनलमा सशस्त्र प्रहरीकाे एपीएफ क्लबसगँको भेट पक्का गरेकाे छ ।
खेलको चौथो मिनेटमा सहाराका भावगत चौधरीले डि–बक्स बाहिर फउल गरेपछि धरानले फ्रि–किकको अवसर प्राप्त गरेकाे थियाे । चौधरीले प्रकाश बुढाथोकीलाई लडाएपछि पाएको फ्रि–किकमा बुढाथोकीले नै गोल गरे । बुढाथाेकी खेलमा 'म्यान अफ दि म्याच' चुनिए ।
प्रतियाेगितामा भाेलि शुक्...
राष्ट्रिय खेलाडीले भरिएको विभागीय टोली एपिएफले बिहीवार आयोजक गण्डकी प्रदेशमाथि ९ विकेटको फराकिलो जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ ।पोखरा रंगशालामा भएको खेलमा गण्डकीले प्रस्तुत गरेको २७ रनको सामान्य लक्ष्य एपीएफले १ सय ६ बल बाँकी रहँदै भेटाउन सफल भएको हो । अघिल्लो खेलमा संघर्षपूर्ण जित निकालेको एपिएफले यससँगै जारी प्रतियोगितामा लागातार दोस्रो जित […]
पोखरा– आयोजक सहारा क्लबलाई पराजित गरी सशस्त्र प्रहरीको एपीएफ क्लबले पोखरामा जारी आहा रारा गोल्डकपमा सुखद् सुरुवात गरेको छ । उद्घाटन खेलमा एपीएफले सहारालाई २–० गोलअन्तरले हराएको हो । १४औं मिनेटमा आशिष लामिछानेको गोलबाट अग्रता लिएको एपीएफका लागि ६०औं मिनेटमा प्रदीप लामाले अर्को गोल थपेका थिए । जितपछि एपीएफका कोच कुमार थापाले अपेक्षाकृत नतिजा निकालेको […]
काठमाडौँ– आयोजक सहारा एकेडेमीलाई उद्घाटन खेलमा २–० ले पराजित गर्दै विभागीय टोली एपीएफ फुटबल क्लब आहा रारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा बिना दर्शक खेलाइएको खेलमा विजयी हुँदै एपीएफले अन्तिम आठमा भुटनीज यूथ सकर क्लबसँगको भेट पक्का गरेको हो। एपीएफको जितमा आभास लामिछाने र प्रदीप लामाले दुवै हाफमा एक एक गोल गरे। खेलको […]
आयोजक सहारा एकेडेमीलाई उद्घाटन खेलमा २–० ले पराजित गर्दै विभागीय टोली एपीएफ फुटबल क्लब आहा रारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।पोखरा रंगशालामा बिना दर्शक खेलाइएको खेलमा विजयी हुँदै एपीएफले अन्तिम आठमा भुटनीज युथ सकर क्लबसँगको भेट पक्का गरेको हो । एपीएफको जितमा आभास लामिछाने र प्रदीप लामाले दुवै हाफमा एक एक गोल गरे । खेलको १४ औं मिनेटमा आभासले बक्स बाहिरबाट एकल प्रयासमा सुन्दर गोल गरेका थिए ।६० औं मिनेटमा प्रदीपले बक्स भित्र पाएको बललाई नियन्त्रण लिँदै सेकेन्ड बारमा जाली चुमाए
काठमाण्डाै – आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा एपीएफ क्लबले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा आज भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २–० गोलले हराउँदै एपीएफ क्वाटर फाइनलमा प्रवेश गरेको हो ।
आयोजक सहारा क्लब पहिलो खेलमै पराजित भएको छ । एपीएफका लागि आभाष लामिछाने र प्रदीप लामाले एक/एक गोल गरे । एपीएफले अब माघ ८ गते बीवाईएससी मिनेसोटा यूएसएसँग खेल्नेछ । आजदेखि सुरु भएको प्रतियोगितामा १० टोली सहभागी छन् । प्रतियोगितामा आयोजक सहारासहित एपीएफ, नेपाल पुलिस, त्रिभुवन आर्मी, संकटा, थ्री...
सिरहा । रमपम चौथो गोलबजार मेयर गोल्डकपको उपाधि एपीएफले हात पारेको छ । गोलबजार नगरपालिका र गोलबजार प्रतिभा कल्वको आयोजनामा सम्पन्न चौथो मेयर गोल्ड कपको आज आयोजक र एपीएफ बीच भएको फाइनल खेलमा १ को विरुद्ध ४ गोल गर्दै एपीएफ विजयी भएको हो । विजेता एपीएफले प्रथम पुरस्कार ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ सहित ट्रफी हात पारेको छ । दोस्रो हुने आयोजक टिमले २ लाख २ हजार २ सय रुपैयाँ र ट्रफी पाएको छ ।फाइनल खेलको सवै ४ गोल जर्सी नम्वर १८ का खेलाडी रवि तामाङले गरेका थिए । उनले खेलको प्रथम हा