माओवादी केन्द्र बागमती प्रदेशको बैठक स्थगित, भोलि पुनः बस्ने

नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । संसदीय दलको नेता चयनका बारेमा निर्णय गर्न शुक्रबार काठमाडौंमा बसेको बैठक निष्कर्षमा पुग्न नसकेपछि शनिबारसम्मका लागि  स्थगित भएको हो । शनिबार दिउँसो १ बजे पुनः पेरिसडाँडामा बैठक बस्ने नेकपा माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीले जानकारी दिए । शुक्रबार दलको नेता चयनका लागि भएको छलफलमा कुनै पनि उम्मेदवार पछि हट्ने अवस्था नरहेपछि बैठक निष्कर्ष विहीन बनेको थियो । दलका नेताका लागि म

सम्बन्धित सामग्री

बागमती प्रदेशसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित

बागमती प्रदेशसभाको बैठक भोलि सम्मका लागि स्थगित भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले शनिबार विहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । शुक्रबार बसेको प्रदेशसभाको दशौं अधिवेशन अन्तर्गत २ वटा बैठकहरू भएको थियो । पहिलो बैठकमा दलहरुले अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दै आफ्नो धारणा राखेका थिए ।बैठकमा सत्तारुढ दलका तर्फबाट मुख्यमन्त्री राजेन्द्र पाण्डे, प्रमुख प्रतिपक्ष दलबाट नेकपा एमालेकी संसदीय दलकी नेता अष्टलक्ष्मी शाक्य, माओवादी केन्द्र संसदीय दलका नेता एवम् आर्थिक मामिल

बागमती प्रदेशसभाको बैठक असार २६ बस्ने

रासस। बागमती प्रदेशसभाको बैठक यही असार २६ गते अपराह्न ३ बजे बस्ने भएको छ। असार २१ गते अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको प्रदेशसभाको बैठक असार २६ गते अपराह्न ३ बजे बस्ने तय भएको प्रदेशसभा सचिवालयले आज जनाएको छ। प्रतिपक्ष नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले असार २१ गतेको बैठक अवरुद्ध गरेपछि तीन मिनेटमा बैठक स्थगित गरिएको थियो।

माओवादी र कांग्रेस सांसदको अवरोधका कारण बागमती प्रदेशसभा बैठक अवरुद्ध

काठमाडौं। बागमती प्रदेशसभाको आज बसेको पहिलो बैठक माओवादी केन्द्र र नेपाली कांग्रेसका सांसदको अवरोधका कारण अवरुद्ध भएको छ। बैठकमा प्रमुख विपक्षी दल माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेलले बजेट देश र जनताको हितमा नभएकोले मुख्यमन्त्री डोरमणि पौडेलसँग बसेर वार्ताबाट निकास नभएसम्म बैठक सञ्चालन हुन नदिने अडान लिएका थिए। त्यसपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक स्थगित गरेका थिए।

बागमती प्रदेशसभा बैठकमा माओवादी र काँग्रेसको अवरोध

बागमती प्रदेशसभाको आज बसेको पहिलो बैठक नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको अवरोधका कारण अवरुद्ध भएको छ । प्रदेशसभाको बैठकमा प्रमुख विपक्षी दल माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेलले बजेट देश र जनताको हितमा नभएकोले मुख्यमन्त्री डोरमणि पौडेलसँग बसेर वार्ताबाट निकास नभएसम्म बैठक सञ्चालन हुन नदिने अडान राख्नुभएपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक स्थगित गरेका हुन् ।\सभामुख श्रेष्ठले अर्को सूचना जारी भएपछि मात्रै बैठक सञ्चालन गर्ने बताएका छन् । आजको बैठक दिउँसोको १ बजे शुरु गर्ने भनिएप

बागमती प्रदेशसभा बैठक बस्दै, बजेट विनियोजन माथिको छलफल अघि बढाउने सहमति

गत शनिबारबाट अवरुद्ध बागमती प्रदेशसभाको बैठक आज १ बजे बस्दैछ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटको विनियोजन माथिको छलफलका क्रममा विपक्षी दलहरुले अवरोध गरेपछि गत शनिबार बसेको प्रदेशसभा बैठक स्थगित भएको छ । बागमती प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, प्रतिपक्ष दलहरु नेपाली काँग्रेस, विवेकशील साझा पार्टी, नेमकिपाले बजेट कार्यक्रमको २ प्रकारको पुस्तक वितरण गरेर संसद्को मानमर्दन गरेको भन्दै पुस्तक फिर्ता हुनुपर्ने, सशर्त अनुदानका कार्यक्रममा सत्तापक्ष र विपक्षका सा