बागमती प्रदेशसभाको आज बसेको पहिलो बैठक नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको अवरोधका कारण अवरुद्ध भएको छ । प्रदेशसभाको बैठकमा प्रमुख विपक्षी दल माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेलले बजेट देश र जनताको हितमा नभएकोले मुख्यमन्त्री डोरमणि पौडेलसँग बसेर वार्ताबाट निकास नभएसम्म बैठक सञ्चालन हुन नदिने अडान राख्नुभएपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक स्थगित गरेका हुन् ।\सभामुख श्रेष्ठले अर्को सूचना जारी भएपछि मात्रै बैठक सञ्चालन गर्ने बताएका छन् । आजको बैठक दिउँसोको १ बजे शुरु गर्ने भनिएप