चैतमा पनि कर्णालीमा भारी हिमपात

विमानस्थ देखि सडक अबरुद्ध जुम्ला - करिब दशक भन्दा पछाडी कर्णालीमा चैत लागिसक्दा पनि भारी हिमपात भएको छ । कर्णालीमा माघ दोस्रो सातादेखि तातो रिट्ने र हिमपात नहुने गर्दछ । तर जलवायु परिवर्तनकै कारण यो वर्ष भएको करिब १० औ पटकको हिमपात चैत महिनामा हुँदा कर्णालीका किसान खुसी अच्चमीत पनि भएका छन् । प्राय खडेरी पर्ने चैत महिनामा भारी हिमपात हुँदा किसान खुसी नहुने कुरा छैन् । स्याउ किसान विष्ण अधिकारी भन्छन, पहिला खडेरी पर्ने समसयमा हिमपात हुनु निकै राम्रो, स्याउ किसानलाई ठुलो राहत भएको बताए । स्याउका क्यारी अर्थात खाडल बनाएर हिउँका डल्ला राख्दा महिनादिनका लागि सिचाई गर्नै पर्दैन, जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले भने, चैतमा हिमपात हुनु नौलो कुरो भएपनि किसानलाई राहत पुग्नु फाईदा हो । शुत्रबार देखि मौसममा भएको खराबीका कारणा कर्णालीमा हुने सबै उडान बन्द भएका छन् । साविक कर्णालीका हुम्लाको सिमिकोट, डोल्पाको जुफाल,मुगुको मुगु र जुम्लाको जुम्ला बिमानस्थल शुत्रबार देखि बन्द भएका छन् । तीनदिन देखि भएको हिपापातका कारण धावन मार्गमा बाक्लो हिउँ जमेकाले उडान गर्न नसकेका हुन् । शनिवार राती देखि कर्णालीमा भईरहेको हिमपातले गर्दा उडान ठप्प भएको जुम्ला विमानस्थका सूचना अधिकारी रिंकी मल्लिकले े बताईन् । भारी हिमपातका कारण संचालनमा आएको हप्तादिन नबित्दै फेरि नाग्म गमगडी सडक अबरुद भएको छ । मुगुमा वित्तिय साक्षरता कार्यक्रम गर्ने भनी घुच्ची लेक सम्म पुगेको आर्थिक पत्रकार समाज (सेजन) को टोलि हिमपातले सडक अबरुद भएपछि जुम्ला फर्किएको सेजनका केन्द्रीय अध्यक्ष भिम गौतमले जानकारी दिए । यता सडक डिभिजन जुम्लाका प्रमुख लिला बहादुर भण्डारीका अनुसार मौसममा सुधार आउना बित्तिकै सडक सुचारुका लागि हिउँ पन्छाउने काम गरिने छ । हावापानी फिल्ड कार्यालय जुम्लाका अनुसार यो हप्ताभरी फाटफुट वर्षा र उच्च भूभागमा हिमपातको सम्भावना छ । चैतमा हिमपात भएका कारण कर्णालीमा चिसो पुस माघ जस्तै भएकाले बालबालिका, जेष्ठनागरिकलाई भने सुरक्षित रहन चिकित्सकको आग्रह छ । फोटो क्याप्सन ः जुम्ला भारी हिमपातपछिको दृष्य । तस्बिर ः सागर परियार ।

सम्बन्धित सामग्री

मनाङमा भारी हिमपात, जनजीवन कष्टकर

देशैभर मौसम प्रतिकूल रहेसँगै विकट जिल्ला मनाङमा भारी हिमपात भएको छ। अहिले मनाङमा हिमपात हुने बेला हो। कात्तिक अन्तिम सातादेखि यहाँ हिमपात हुने समय हो। यस वर्ष समयै हिमपात हुँदा किसानमा खुशी छाएको छ।

उत्तरी गोरखामा भारी हिमपात

गाेरखा – उत्तरी गोरखामा भारी हिमपात भएको छ। बुधबारदेखि साम्दोलगायतका क्षेत्रमा भारी हिमपात भएको चुमनुब्री गाउँपालिका–१ साम्दोका स्थानीयवासी निमा दोर्जेले जानकारी दिए। “मौसममा आएको परिवर्तन र चिसो बढेपछि बिहानैदेखि हिमपात भइरहेको छ”, उनले भने, “अहिलेसम्म जमिनमा झण्डै एक फिटसम्म हिउँ जमिसकेको छ ।” उत्तरी गोरखाका सामागाउँ, ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार र सिर्दीबासलगायतका उच्च हिमाली […]

सुदूरपश्चिममा भारी हिमपात जनजीवन प्रभावित, यातायात अवरूद्ध

बझाङ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भारी हिमपात भएको छ । बझाङ जिल्लालगायत बाजुरा, दाचुल्ला, बैतडी, डडेल्धुरा, डोटी सबै जिल्लामा हिमपात भएको हो । बिहीबार दिउँसोबाट पानी पर्न सुरु भएसँगै रातिदेखि हिमपात समेत सुरु भएको हो । वर्षासँगै जिल्लाका सबै क्षेत्रमा भने भारी हिमपात सुरु भएको छ । दुई वर्षपछि बझाङको सदरमुकाम चैनपुरमा समेत भारी […] The post सुदूरपश्चिममा भारी हिमपात जनजीवन प्रभावित, यातायात अवरूद्ध appeared first on राजधानी राष्ट्रिय दैनिक.

कर्णालीमा पनि भारी हिमपात (फोटोफिचर)

कर्णाली प्रदेशका हिमाली जिल्लामा भारी हिमपात भएको छ । मुगु, जुम्ला, डोल्पा, हुम्लामा भारी हिमपात हुँदा हवाइ र सडक यातायात प्रभावित भएको छ । मुगुस्थित ताल्चा विमानस्थलमा हवाइ उडान ठप्प भएको छ भने कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध बनेका छन्। बिहीबारबाट बाक्लो हिमपात हुँदा विमानस्थलमा हवाइ उडान हुन सकेको छैन ।कर्णालीमा यो तेस्रो पटक हिमपात भएको हो । यसअघि माघ दोस्रो हप्ता र गत पुसमा पनि हिमपात भएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा हिमपात भएको ह

कर्णालीमा भारी हिमपात (फोटो फिचरसहित)

मुगु – कर्णाली प्रदेशका हिमाली जिल्लामा भारी हिमपात भएको छ । मुगु, जुम्ला, डोल्पा, हुम्लामा भारी हिमपात हुँदा हवाइ र सडक यातायात प्रभावित भएको छ । मुगुस्थित रारा विमानस्थलमा हवाइ उडान ठप्प भएको छ भने कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध बनेका छन्। बिहीबारबाट बाक्लाे हिमपात हुँदा विमानस्थलमा हवाइ उडान हुन सकेको छैन । कर्णालीमा यो […]

हुम्लामा भारी हिमपात (फोटो फिचर)

सिमकोट । हिमाली जिल्ला हुम्लामा बुधबार भारी हिमपात भएको छ । हिमपातले यहाँको जनजीवन प्रभावित भएको ।

हुम्लामा भारी हिमपात [तस्वीरहरू]

हिमाली जिल्ला हुम्लामा भारी हिमपात भएको छ । बुधवार बिहानैदेखि हुम्लामा हिमपात भएको हो ।  हिमपातले हुम्लाको जनजीवन समेत प्रभावित भएको छ । तस्वीर : रासस

हेलम्बु क्षेत्रमा भारी हिमपात, सेर्माथाङ देखियो सेताम्मे

मौसमी बदलीसँगै सिन्धुपाल्चोकको हेलम्बुमा भारी हिमपात भएको छ। हेलम्बुको सेर्माथाङ, तार्केघ्याङ, मेलम्चीघ्याङ क्षेत्रमा भारी हिमपात भएको स्थानीय थिलेन ह्योल्मोले बताए। सेर्माथाङमा तीनदेखि चार इन्चसम्म हिउँ परेको उनले बताए। बुधवार बिहानैबाटै यस क्षेत्रमा हिमपात भएपछि जनजीवन कष्टकर बनेको छ। यस क्षेत्रका रुख, बारी र घरका छतहरु हिउँले ढपक्कै छोपेको छ। यस…

उपल्लो मुस्ताङमा भारी हिमपात, जनजीवन कष्टकर

मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङमा हिमपात भएको छ । उपल्लो मुस्ताङको लोमाङ्थाङ क्षेत्रमा भारी हिमपात भएको हो ।  सोमबार साँझदेखि यस वर्षको दोस्रो हिमपात भइरहेको लोमाङ्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार विष्टले बताए । तल्लो मुस्ताङमा भने चिसो बढे पनि हिमपात भइसकेको छैन । लोमाङ्थाङमा सोमबार बेलुकीदेखि हिमपात भएपछि जनजीवन कष्टकर भएको छ ।चिसो छल्नका लागि लोमाङ्थाङका अधिकांश स्थानीयवासी जिल्ला बाहिर छन् । घर गोठ र पशु चौपायको सुरक्षाका लागि लोमाङ्थाङमै रहेकाको दैनिकी कठिन हुँदै गएको विष्टले