देशैभर मौसम प्रतिकूल रहेसँगै विकट जिल्ला मनाङमा भारी हिमपात भएको छ। अहिले मनाङमा हिमपात हुने बेला हो। कात्तिक अन्तिम सातादेखि यहाँ हिमपात हुने समय हो। यस वर्ष समयै हिमपात हुँदा किसानमा खुशी छाएको छ।
गाेरखा – उत्तरी गोरखामा भारी हिमपात भएको छ। बुधबारदेखि साम्दोलगायतका क्षेत्रमा भारी हिमपात भएको चुमनुब्री गाउँपालिका–१ साम्दोका स्थानीयवासी निमा दोर्जेले जानकारी दिए। “मौसममा आएको परिवर्तन र चिसो बढेपछि बिहानैदेखि हिमपात भइरहेको छ”, उनले भने, “अहिलेसम्म जमिनमा झण्डै एक फिटसम्म हिउँ जमिसकेको छ ।” उत्तरी गोरखाका सामागाउँ, ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार र सिर्दीबासलगायतका उच्च हिमाली […]
बझाङ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भारी हिमपात भएको छ । बझाङ जिल्लालगायत बाजुरा, दाचुल्ला, बैतडी, डडेल्धुरा, डोटी सबै जिल्लामा हिमपात भएको हो । बिहीबार दिउँसोबाट पानी पर्न सुरु भएसँगै रातिदेखि हिमपात समेत सुरु भएको हो । वर्षासँगै जिल्लाका सबै क्षेत्रमा भने भारी हिमपात सुरु भएको छ । दुई वर्षपछि बझाङको सदरमुकाम चैनपुरमा समेत भारी […]
The post सुदूरपश्चिममा भारी हिमपात जनजीवन प्रभावित, यातायात अवरूद्ध appeared first on राजधानी राष्ट्रिय दैनिक.
कर्णाली प्रदेशका हिमाली जिल्लामा भारी हिमपात भएको छ । मुगु, जुम्ला, डोल्पा, हुम्लामा भारी हिमपात हुँदा हवाइ र सडक यातायात प्रभावित भएको छ । मुगुस्थित ताल्चा विमानस्थलमा हवाइ उडान ठप्प भएको छ भने कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध बनेका छन्। बिहीबारबाट बाक्लो हिमपात हुँदा विमानस्थलमा हवाइ उडान हुन सकेको छैन ।कर्णालीमा यो तेस्रो पटक हिमपात भएको हो । यसअघि माघ दोस्रो हप्ता र गत पुसमा पनि हिमपात भएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा हिमपात भएको ह
मुगु – कर्णाली प्रदेशका हिमाली जिल्लामा भारी हिमपात भएको छ । मुगु, जुम्ला, डोल्पा, हुम्लामा भारी हिमपात हुँदा हवाइ र सडक यातायात प्रभावित भएको छ । मुगुस्थित रारा विमानस्थलमा हवाइ उडान ठप्प भएको छ भने कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध बनेका छन्। बिहीबारबाट बाक्लाे हिमपात हुँदा विमानस्थलमा हवाइ उडान हुन सकेको छैन । कर्णालीमा यो […]
काठमाडौं । संयुक्त राज्य अमेरिकाको पुर्वी तटिय क्षेत्रमा भारी हिमपात भएपछि आएको आँधीका कारण हजारौं हवाई उडान प्रभावित भएका छन् । आँधीबाट हुन सक्ने क्षति न्युनिकरणका लागि ७० लाख सर्वसाधारणलाई सचेत गराएको छ । अमेरिकाको बोस्टन लगायत थुपै्र शहर आँधीको चपेटामा परेका छन् । दक्षिण फ्लोरिडाको ठाउँ–ठाउँका रुस ढलेकाले जनजीवन कष्टकर बन्नुका साथै बिजुली आपुर्ती […]
डोल्पा- डोल्पाको माझफाल गाउँमा भएको भारी हिमपात भएको छ । हिउँ परेपछि हिउँदे बाली राम्रो हुने भएकाले किसान खुशी छन् । तर हिमपातका कारण बढेको चिसोले जनजीवन कष्टकर भएको छ । हिमपातले बाहिर निस्कन सर्वसाधारणलाई समस्या भएको छ ।
मौसमी बदलीसँगै सिन्धुपाल्चोकको हेलम्बुमा भारी हिमपात भएको छ। हेलम्बुको सेर्माथाङ, तार्केघ्याङ, मेलम्चीघ्याङ क्षेत्रमा भारी हिमपात भएको स्थानीय थिलेन ह्योल्मोले बताए।
सेर्माथाङमा तीनदेखि चार इन्चसम्म हिउँ परेको उनले बताए। बुधवार बिहानैबाटै यस क्षेत्रमा हिमपात भएपछि जनजीवन कष्टकर बनेको छ। यस क्षेत्रका रुख, बारी र घरका छतहरु हिउँले ढपक्कै छोपेको छ।
यस…