सिमकोट – हुम्लामा भारी हिमपात भएको छ। आइतबार दिनभर र रातभर हिमपात हुँदा जमिनमा दुई फिटसम्म हिउँ जमेको छ। हिमपातसँगै चिसो बढेपछि हुम्लाको जनजीवन प्रभावित भएको छ। यस्तै, जिल्लामा सञ्चारसम्पर्कसमेत विच्छेद भएको छ। हिमपातका कारण तीन दिनदेखि हुम्लाको हवाई सेवासमेत अवरुद्ध छ। जसका कारण जिल्लाबाहिर जानुपर्ने र जिल्ला आउनुपर्ने यात्रुहरु मर्कामा परेका छन्।
देशैभर मौसम प्रतिकूल रहेसँगै विकट जिल्ला मनाङमा भारी हिमपात भएको छ। अहिले मनाङमा हिमपात हुने बेला हो। कात्तिक अन्तिम सातादेखि यहाँ हिमपात हुने समय हो। यस वर्ष समयै हिमपात हुँदा किसानमा खुशी छाएको छ।
गाेरखा – उत्तरी गोरखामा भारी हिमपात भएको छ। बुधबारदेखि साम्दोलगायतका क्षेत्रमा भारी हिमपात भएको चुमनुब्री गाउँपालिका–१ साम्दोका स्थानीयवासी निमा दोर्जेले जानकारी दिए। “मौसममा आएको परिवर्तन र चिसो बढेपछि बिहानैदेखि हिमपात भइरहेको छ”, उनले भने, “अहिलेसम्म जमिनमा झण्डै एक फिटसम्म हिउँ जमिसकेको छ ।” उत्तरी गोरखाका सामागाउँ, ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार र सिर्दीबासलगायतका उच्च हिमाली […]
बझाङ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भारी हिमपात भएको छ । बझाङ जिल्लालगायत बाजुरा, दाचुल्ला, बैतडी, डडेल्धुरा, डोटी सबै जिल्लामा हिमपात भएको हो । बिहीबार दिउँसोबाट पानी पर्न सुरु भएसँगै रातिदेखि हिमपात समेत सुरु भएको हो । वर्षासँगै जिल्लाका सबै क्षेत्रमा भने भारी हिमपात सुरु भएको छ । दुई वर्षपछि बझाङको सदरमुकाम चैनपुरमा समेत भारी […]
The post सुदूरपश्चिममा भारी हिमपात जनजीवन प्रभावित, यातायात अवरूद्ध appeared first on राजधानी राष्ट्रिय दैनिक.
कर्णाली प्रदेशका हिमाली जिल्लामा भारी हिमपात भएको छ । मुगु, जुम्ला, डोल्पा, हुम्लामा भारी हिमपात हुँदा हवाइ र सडक यातायात प्रभावित भएको छ । मुगुस्थित ताल्चा विमानस्थलमा हवाइ उडान ठप्प भएको छ भने कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध बनेका छन्। बिहीबारबाट बाक्लो हिमपात हुँदा विमानस्थलमा हवाइ उडान हुन सकेको छैन ।कर्णालीमा यो तेस्रो पटक हिमपात भएको हो । यसअघि माघ दोस्रो हप्ता र गत पुसमा पनि हिमपात भएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा हिमपात भएको ह
मुगु – कर्णाली प्रदेशका हिमाली जिल्लामा भारी हिमपात भएको छ । मुगु, जुम्ला, डोल्पा, हुम्लामा भारी हिमपात हुँदा हवाइ र सडक यातायात प्रभावित भएको छ । मुगुस्थित रारा विमानस्थलमा हवाइ उडान ठप्प भएको छ भने कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध बनेका छन्। बिहीबारबाट बाक्लाे हिमपात हुँदा विमानस्थलमा हवाइ उडान हुन सकेको छैन । कर्णालीमा यो […]
मौसमी बदलीसँगै सिन्धुपाल्चोकको हेलम्बुमा भारी हिमपात भएको छ। हेलम्बुको सेर्माथाङ, तार्केघ्याङ, मेलम्चीघ्याङ क्षेत्रमा भारी हिमपात भएको स्थानीय थिलेन ह्योल्मोले बताए।
सेर्माथाङमा तीनदेखि चार इन्चसम्म हिउँ परेको उनले बताए। बुधवार बिहानैबाटै यस क्षेत्रमा हिमपात भएपछि जनजीवन कष्टकर बनेको छ। यस क्षेत्रका रुख, बारी र घरका छतहरु हिउँले ढपक्कै छोपेको छ।
यस…
मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङमा हिमपात भएको छ । उपल्लो मुस्ताङको लोमाङ्थाङ क्षेत्रमा भारी हिमपात भएको हो । सोमबार साँझदेखि यस वर्षको दोस्रो हिमपात भइरहेको लोमाङ्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार विष्टले बताए । तल्लो मुस्ताङमा भने चिसो बढे पनि हिमपात भइसकेको छैन । लोमाङ्थाङमा सोमबार बेलुकीदेखि हिमपात भएपछि जनजीवन कष्टकर भएको छ ।चिसो छल्नका लागि लोमाङ्थाङका अधिकांश स्थानीयवासी जिल्ला बाहिर छन् । घर गोठ र पशु चौपायको सुरक्षाका लागि लोमाङ्थाङमै रहेकाको दैनिकी कठिन हुँदै गएको विष्टले