कास्की – नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकामा मेयरको उमेद्वारमा धनराज आचार्यको नाम टुङ्गो लगाएको छ ।
समाजवादीको शुक्रबार पदाधिकारीको बैठकले पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको एकीकृत समाजबादी कास्कीका सचिव होम नेपालीले बताउनुभयाे ।
उहाँले कास्की जिल्ला र गण्डकी प्रदेशबाट गएका तीन वटा नाम मध्येबाट आचार्यको नाम 'फाइनल' भएको बताउनुभयाे । सत्ता गठबन्धमा पोखरा महानगरपालिका एकीकृत समाजवादीलाई परेको थियो ।