राष्ट्रिय सूचना आयोगले त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुका कार्यालय प्रमुख एवं परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई सूचनाको हकसम्बन्धी ऐन बमोजिम २० हजार रुपैयाँ जरिवाना ठहर गरेको छ ।आयोगका अनुसार सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम ६(७) बमोजिम आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२(१) बमोजिम गरेको जरिवाना असुल उपर गरी आयोगलाई जानकारी दिन काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाउने निर्णय गरेको हो ।आयोगले त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुसँग भएको सूचना