समयमै ट्रान्सक्रिप्ट नदिएको भन्दै विद्यार्थीले त्रिविको कम्प्युटर फुटाइदिए

काठमाडौँ- समयमै ट्रान्सक्रिप्ट नदिएको भन्दै त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुमा एक विद्यार्थीले सोमबार दिउँसो प्रशासनको कम्युटर तोडफोड गरेका छन् । स्नातकको ट्रान्सक्रिप्ट लिन आएका पाटन क्याम्पसका असिम थापाले बिएको ८ नम्बर ट्रान्सक्रिप्ट शाखाको कम्प्युटर तोडफोड गरेको शाखाकी हेड असिस्टेन्ट मीरा काफ्लेले बताइन्। ‘झ्यालबाट हात छिराएर फुटाए,’ उनले भनिन्। उनले यसअघि पनि अभद्र व्यवहार देखाउँदै […]

सम्बन्धित सामग्री

त्रिविको ‘डेटा’ सुरक्षामा चुनौती : सुरक्षित नबनाए अझै ‘ह्याक’ हुने जोखिम

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले इतिहासमै पहिलोपटक माघ १५ गतेदेखि अनलाइन सेवा शुरु गर्‍याे। त्रिविका निमित्त उपकुलपतिबाट कम्प्युटर क्लिक गरी अनलाइन सेवा शुभारम्भ भएपछि कार्यालयबाट प्रदान गरिने ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, विवरण सच्याउने लगायतका सेवा अनलाइनबाटै लिन सकिने जानकारी दियो।अनलाइन सेवा शुरु गरेको भोलिपल्टै अर्थात् माघ १६ गते नै त्रिविको परीक्षा नियन्त्रण कार्यालय (पनिका), बल्खुको वेबसाइट (tuexam.edu.np) सामान्य ह्याकरको न