नेपाली काँग्रेस सिरहा जिल्ला सभापतिमा पुनः रामचन्द्र यादवले उम्मेदवारी दिने घोषणा गरेका छन् । काँग्रेस प्रदेश अध्यक्ष कृष्ण यादव, केन्द्रीय सदस्य रमेश रिजाल र दिनेश यादव लगायतका नेताले जिरोमाइलस्थित रामचन्द्र यादवको घरमै पुगेर उनलाई सभापतिको उम्मेदवार बनाएका हुन् । उनीहरुले पार्टी सभापति शेरबहादुर देउवाको आधिकारिक उम्मेदवार यादव नै रहेको दावीसमेत गरेका छन् ।जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गर्दै यादवले आफ्नो पूरा प्यानल विजयी हुने दावी गरे । उनले भने, 'पहिलो पटक ३ सय मतान्तरले
नेपाली काँग्रेस जिल्ला अधिवेशनको रौनकले बारामा चुनावी सरगर्मी निकै बढेको छ । जिल्ला सभापतिको नेतृत्व लिन हाल सम्म ३ जनाले उम्मेदवारी घोषणा गरिसकेका छन् । शम्भु बहादुर, बुढाथोकी, रामानन्दयादव र राजेश राययादवले सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । सभापतिमा दावेदार शम्भु बहादुर बुढाथोकीलाई पार्टी सभापति शेरबहादुर देउवा, सहमहामन्त्री फरमुल्लाहमन्सुर, प्रदेश २ का उप–सभापति चन्द्रशेखर यादव र जिल्ला सभापति जयचन्द्र चौरसियाको बलियो साथ छ । अर्का उम्मेदवार रामानन्द यादवलाई शेखर को