नुवाकोटे टाइगर र डेविडबीच दोस्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि भिडन्त पक्का भएको छ । शुक्रबार पोखरा रगंशालाको बहुउद्देशीय कभर्ड हलमा भएको ह्याबी वयटको प्रतिस्पर्धामा टाइगरले चट्टानमाथि पावर बम प्रयोग गरेर पछारेको अवस्थामा रिङमाथिबाट जम्प गदै एल्बो ड्याबको प्रयोग गरेपछि चट्टानले रेफ्रीको ३ काउन्टमा प्रतिकार गर्न नसक्दा पराजय बेहोरेका थिए । डेबिडले आफ्ना प्रतिद्वन्द्वी साइनलाई पराजित गर्न निकै पसिना बगाउनुपरेको थियो ।
साइनले डेविडलाई लगभग पराजित गरिसकेको अवस्थामा रेफ्रीको ३ काउन्टलाई प्रतिकार गदै खेलमा फर्किए थिए । अ...