काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदाे मङ्सिर ४ गतेपछि आफ्नो पार्टी नेतृत्वको सरकार बन्ने दाबी गर्नुभएको छ । अदालतले आफू नेतृत्वको सरकार हटाएको उल्लेख गर्दै उहाँले मङ्सिर ४ गते बस्ने जनताको ‘महाअदालत’ ले आफ्नो पार्टी नेतृत्वमा सरकार बनाउने बताउनुभएको हो ।
लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालले आज शुक्रवार काठमाण्डाैमा आयोजना गरेकाे कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले जनताकाे फैसला आफ्नो पार्टीको पक्षमा हुने गरी परिचालित हुन पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो । उहा...