बनाएको दुई वर्षमै पहिरोको जोखिममा स्वास्थ्यचौकी

बागलुङ : बागलुङ नगरपालिका–९ स्थित तित्याङ स्वास्थ्य चौकी पहिरोको उच्च जोखिममा परेको छ। भवन निर्माण गर्नुपूर्व उपयुक्त ठाउँ छनोट नहुँदा करोड लागतमा निर्मित स्वास्थ्य चौकी भवन पहिरोका कारण उच्च जोखिममा परेको हो।वि.सं.२०७६ सालमा निर्माण भएको उक्त भवन २०७७ सालको बर्खामा पहिरो आएको पहिरोले भवन जोखिममा परेको हो। भवन माथिदेखि झरेको पहिरोले पछाडितिरका झ्यालमा क्षति पुर्‍याएको छ। स्वास्थ्य चौकीको भवन माथिदेखि तथा तलपट्टीबाट पहिरो गएको छ। माथिदेखि झरेको पहिरोले भवन पुरिन थालेको छ भने तलदेखि

सम्बन्धित सामग्री

पहिरो नियन्त्रणपछि गाउँ फर्किए विस्थापित

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ स्थित खारुङगाउँ विसं २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले तहसनहस बन्यो । गाउँका सबैजसो घर क्षतिग्रस्त भए । भूकम्पले थिलोथिलो बनाएको आफ्नो थातथलोमा खारुङवासी फेरि जसोतसो घर मर्मत र पुनःनिर्माण गरेर बसे तर भूकम्पको पीडा भुल्न नपाउँदै सोही असारमा अविरल वर्षाले सिङ्गो गाउँ नै पहिरोको जोखिममा पर्यो । पहिराले […]

वर्षाले कालीकोटमा जनजीवन अस्तव्यस्त

असार ३० गते रातिको वर्षाले कालीकोटको जनजीवन अस्तव्यस्त बनाएको छ । यहाँको नररिहनाथ गाउँपालिका-५ रुप्सा गाउँमा मात्र २२ घर पहिरोको जोखिममा परेका छन् ।

खप्तड छेडेदह ६ नाइनाको बस्ती नै पहिरोको जोखिममा, २५ परिवार विस्थापितको खतरा

स्थानीय तहले पनि तत्काल बस्ती सार्ने कुनै योजना बनाएको छैन। पाल दिएर बर्खा काट्ने योजना बाहेक पालिकासँग पनि अर्को योजना देखिदैन्। महिला बालबालिकालाई रातभर जागराम बस्नु पर्ने समस्याले चिसोको संक्रमण हुन सक्ने खतरा बढेको छ। स्थानीयले हरेक वर्ष कष्कटर दैनिक ...

लमजुङ टक्सारकाे दलित बस्ती पहिरोको जोखिममा

लमजुङको क्व्होलासोंथर गाउँपालिका -९ टक्सार गाउँको दलित बस्ती पहिरोको जोखिममा परेको छ । निरन्तरको वर्षाका कारण गाउँको विभिन्न ठाउँमा पहिरो झरेपछि स्थानीय त्रसित भएका छन् । पहिरोका कारण गाउँको सामुदायिक भवन, घर जोखिममा रहेको स्थानीयले बताएका छन् । स्थानीय इमप्रसाद गुरुङका अनुसार गाउँको पूर्वतिर र पश्चिमतिरबाट पहिरोले घेरेको छ । गाउँको माथिल्लो दलित बस्ती टोलनजिकै पहिरो झरेको छ । शुक्रबार र शनिबार परेको पानीका कारण गाउँको नजिकै पहिरो आएको छ । गत वर्ष मात्र दलित सामुदायिक भवन बनाएको गाउँमा पहिरो जाँदा, बगाउने अवस्थामा रहेको उहाँले बताउनुभयो ।

तनहुँका ३६ वडा पहिरोको जोखिममा, यस्तो छ तयारी

तनहुँ : बाढी–पहिरोबाट मुलुकभर धेरै जनधनको क्षति भए पनि तनहुँमा अहिलेसम्म ठूलो क्षति भएको छैन। यद्यपि, यहाँका ८५ वटा मध्ये ३६ पहिरोको जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समिति तनहुँले जनाएको छ।  जिल्ला विपद् व्यवस्थापन समितिले बनाएको विपद् प्रतिकार्य योजना अनुसार जिल्लाका दश स्थानीय तहका ३६ वटा वडा पहिरोको जो...