काठमाण्डाै – काभ्रेकाे धुलिखेल अस्पतालले दुर्गम क्षेत्रका बिरामीलाई लक्षित गरी 'टेलिमेडिसिन' प्रविधिबाट सेवा सुरु गरेको छ । अस्पतालले युरोपियन प्रविधियुक्त टेलिमेडिसेन सेवा आज मङ्गलवारदेखि काभ्रेको तेमाल गाउँपालिका ४ मा रहेकाे बोल्दे फेदिचे स्वास्थ्य केन्द्रबाट सुरु गरेको हो ।
धुलिखेल अस्पतालका छाला र आँखा रोग विभागका विशेषज्ञ डाक्टरहरूले टेलिमेडिसिनमार्फत बिरामीको स्वास्थ्य परीक्षण, परामर्शलगायतका सेवा दिएका थिए । यसबाट झन्डै ४० जना बिरामी लाभान्वित भएका थिए । यस्तो उच्च प्रविधिको टेलिमेडिसिन विधि...