रिपोर्ट ढिलाइले उपचारमा समस्या

स्वाब परीक्षणका धनगढी पठाउनुपर्ने र रिपोर्ट आउन ढिलाइ हुने भएकाले टीकापुरमा उपचारमा समस्या भएको छ । टीकापुरमा कोरोनाको परीक्षण छैन । कोरोना संक्रमणको रिपोर्ट धनगढीबाट नआउन्जेल बिरामीलाई अब्जरभेसनमा राख्नुपर्ने बाध्यता रहेको टीकापुर अस्पतालका डाक्टर रमेश उपाध्यायले बताए ।

सम्बन्धित सामग्री

मिर्गौला रोगी मोहनलाई उपचारका लागि आर्थिक अभाव

सल्यान : बनगाड कुपिण्डे नगरपालिका-३ बाझँकोटका मिर्गौला रोगी ४५ वर्षीय मोहन कामी आर्थिक अभावमा अस्पतालको शय्यामा छट्पटाइरहेका छन्।दुवै मिर्गौला फेल भएका कामी अहिले काठमाडौंको वीर अस्पतालमा उपचाररत छन्। आर्थिक अवस्था कमजोर भएका उनले आफूसँग भएको चार लाख सकिएपछि थप उपचारमा समस्या भएको बताए। |एक वर्षदेखि नेपालगञ्जमा उपचार गराइरहेका कामीले करिब तीन महिनाअघि काठमाडौंमा स्वस्थ्य परीक्षण गर्दा दुवै मिर्गौला फेल भएको रिपोर्ट आएको उनका छोरा राजेन्द्रले बताए।‘नेपालगञ्जमा अन्य रोगको उपचार गर्दा भएभरको

पर्वतमा एन्टिजेन कीटको अभाव

पर्वत । गाउँगाउँमा कोभिड महामारी फैलिइरहेका बेला पर्वतमा स्थानीयस्तरमै कोभिड परीक्षणका लागि उपयोगी मानिएको एण्टिजेन कीट अभाव भएको छ । परीक्षण गरिएका करिब ५० प्रतिशतमा कोरोना पुष्टि भएपछि स्वास्थ्यकर्मी र स्थानीय पालिकाले बिरामीको पहिचान छिटो हुनुपर्ने माग गरेका छन् । यही मागसहित स्वास्थ्य कार्यालय तथा सबै पालिकाले जिल्लाको जनसंख्याको करिब एक तिहाइलाई पुग्ने एण्टिजेन कीट माग गरेको बताएका छन् ।   करिब ५० हजार कीट आवश्यक पर्नेमा बढीमा ३५० मात्रै कीट आएको स्वास्थ्य कार्यालयले बताएको छ । परीक्षण गरिएकामध्ये ४६÷४७ प्रतिशतमा कोभिड देखिएको भन्दै स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत प्रवीण भण्डारीले संक्रमणको स्थिति हेर्दा कम्तीमा ५० हजार कीट चाहिएको बताए । केही दिन पहिले ३५० कीट मात्रै आएको र केही क्षणमै सकिएको भण्डारीको भनाइ छ ।      स्वास्थ्य कार्यालयमा प्राप्त सबै कीट जिल्लाका सातओटा पालिकालाई ५० का दरले वितरण गरिसकिएको छ । पिसिआर मेसिन र जनशक्ति नभएकाले स्वाब परीक्षणका लागि पोखरा पठाउनुपर्ने बाध्यता छ । पठाइएका स्वाबको नतिजा समयमै नआउँदा लामो समय लकडाउन हुँदा पनि कन्ट्याक्ट ट्रेसिङ र बिरामीको उपचारमा समस्या भएको स्वास्थ्य कार्यालय प्रमुख डा भोजराज गौतमले बताए । एण्टिजेन कीटमार्फत गरिएको परीक्षण पिसिआर जत्तिकै भरपर्दो भएकाले यो छिटोछरितो परीक्षणको माध्यममा स्थानीय पालिकादेखि प्रदेश र केन्द्र सरकारले जोड दिनुपर्ने गौतमले सुझाव दिए । पालिकाहरूले पनि पीसीआर रिपोर्ट समयमै उपलब्ध गराउन वा एण्टिजेन कीट मागेअनुसार नै उपलब्ध गराउन प्रदेश र केन्द्र सरकारसँग माग गरेका छन् । रासस

नेपाल र भारतका फरक-फरक पिसिआर रिपोर्ट, क्यान्सरपीडित वृद्धको उपचारमा समस्या

नवलपुर गैडाकोटका ७७ वर्षीय एक वृद्धको कोरोना परीक्षणमा दुई देशमा प्रयोगशालाले फरक–फरक रिपोर्ट दिएपछि

अस्पतालपिच्छे पिसिआर रिपोर्ट फरक आउँदा दृष्टिविहीन पुष्पाको उपचारमा समस्या

चितवनमा एउटै व्यक्तिको कोरोना परीक्षणमा दुई प्रयोगशालाले फरक–फरक रिपोर्ट दिएका छन् । चितवन मेडिकल कलेज