पर्वतमा एन्टिजेन कीटको अभाव

पर्वत । गाउँगाउँमा कोभिड महामारी फैलिइरहेका बेला पर्वतमा स्थानीयस्तरमै कोभिड परीक्षणका लागि उपयोगी मानिएको एण्टिजेन कीट अभाव भएको छ । परीक्षण गरिएका करिब ५० प्रतिशतमा कोरोना पुष्टि भएपछि स्वास्थ्यकर्मी र स्थानीय पालिकाले बिरामीको पहिचान छिटो हुनुपर्ने माग गरेका छन् । यही मागसहित स्वास्थ्य कार्यालय तथा सबै पालिकाले जिल्लाको जनसंख्याको करिब एक तिहाइलाई पुग्ने एण्टिजेन कीट माग गरेको बताएका छन् ।   करिब ५० हजार कीट आवश्यक पर्नेमा बढीमा ३५० मात्रै कीट आएको स्वास्थ्य कार्यालयले बताएको छ । परीक्षण गरिएकामध्ये ४६÷४७ प्रतिशतमा कोभिड देखिएको भन्दै स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत प्रवीण भण्डारीले संक्रमणको स्थिति हेर्दा कम्तीमा ५० हजार कीट चाहिएको बताए । केही दिन पहिले ३५० कीट मात्रै आएको र केही क्षणमै सकिएको भण्डारीको भनाइ छ ।      स्वास्थ्य कार्यालयमा प्राप्त सबै कीट जिल्लाका सातओटा पालिकालाई ५० का दरले वितरण गरिसकिएको छ । पिसिआर मेसिन र जनशक्ति नभएकाले स्वाब परीक्षणका लागि पोखरा पठाउनुपर्ने बाध्यता छ । पठाइएका स्वाबको नतिजा समयमै नआउँदा लामो समय लकडाउन हुँदा पनि कन्ट्याक्ट ट्रेसिङ र बिरामीको उपचारमा समस्या भएको स्वास्थ्य कार्यालय प्रमुख डा भोजराज गौतमले बताए । एण्टिजेन कीटमार्फत गरिएको परीक्षण पिसिआर जत्तिकै भरपर्दो भएकाले यो छिटोछरितो परीक्षणको माध्यममा स्थानीय पालिकादेखि प्रदेश र केन्द्र सरकारले जोड दिनुपर्ने गौतमले सुझाव दिए । पालिकाहरूले पनि पीसीआर रिपोर्ट समयमै उपलब्ध गराउन वा एण्टिजेन कीट मागेअनुसार नै उपलब्ध गराउन प्रदेश र केन्द्र सरकारसँग माग गरेका छन् । रासस

सम्बन्धित सामग्री

गण्डकीमा थपिए ३८२ कोरोना सङ्क्रमित

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ३८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशअन्तर्गतका विभिन्न अस्पताल तथा प्रयोगशालामा गरिएको पिसीआर र एन्टिजेन परीक्षणबाट सबैभन्दा बढी कास्की जिल्लामा १३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  त्यस्तै यस अवधिमा लमजुङमा ६८ जना, तनहुँमा ५३ जना, स्याङ्जामा ३७ जना, म्याग्दीमा ३४ जना, बागलुङमा २३ जना, गोरखामा १७ जना, नवलपरासीपूर्वमा नौ जना, पर्वतमा पाँच जना, मनाङमा दुई जना र मुस्ताङमा एक जनामा कोरोना सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्...

कास्कीमा मात्रै २२७ सङ्क्रमित थपिए

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा सबैभन्दा बढी कोरोना सङ्क्रमित कास्कीमा थपिएका छन् । प्रदेशअन्तर्गत विभिन्न अस्पताल तथा प्रयोगशालामा गरिएको एन्टिजेन र पिसीआर परीक्षणमा कास्कीमा २२७ सङ्क्रमित थपिएको स्वास्थ्य निर्देशनालय प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।उनका अनुसार यस अवधिमा प्रदेशमा कूल ५१६ सङ्क्रमित थपिएकामा तनहुँमा ७१, म्याग्दीमा ४९, स्याङ्जा र बागलुङमा ३९–३९, नवलपरासी पूर्वमा ३८, लम्जुङमा २५, पर्वतमा १५ र गोरखामा १३ जना छन् । यस अवधिम

कास्कीमा मात्रै थपिए २२७ कोरोना संक्रमित

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा सबैभन्दा बढी कोरोना संक्रमित कास्कीमा थपिएका छन् । प्रदेशअन्तर्गत विभिन्न अस्पताल तथा प्रयोगशालामा गरिएको एन्टिजेन र पीसीआर परीक्षणमा कास्कीमा २२७ संक्रमित थपिएका स्वास्थ्य निर्देशनालय प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्‍चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनका अनुसार यस अवधिमा प्रदेशमा कूल ५१६ संक्रमित थपिएकामा तनहुँमा ७१, म्याग्दीमा ४९, स्याङ्जा र बागलुङमा ३९–३९, नवलपरासी पूर्वमा ३८, लमजुङमा २५, पर्वतमा १५ र गोरखामा १३ जना छन् । यस अवधिमा प्रदेशमा ७०२ जना निको भएका...

पर्वतमा एन्टिजेन कीटको अभाब

पर्वत गाउँगाउँमा कोभिड महामारी फैलिइरहेका बेला पर्वतमा स्थानीयस्तरमै कोभिड परीक्षणका लागि उपयोगी मानिएको एण्टिजेन कीट अभाव भएको छ ।परीक्षण गरिएका करिब ५० प्रतिशतमा कोरोना पुष्टि भएपछि स्वास्थ्यकर्मी र स्थानीय पालिकाले बिरामीको पहिचान छिटो हुनुपर्ने माग गरेका छन् । यही मागसहित स्वास्थ्य कार्यालय तथा सबै पालिकाले जिल्लाको जनसंख्याको करिब एक तिहाइलाई पुग्ने एण्टिजेन कीट माग गरेको […]

पर्वतमा एन्टिजेन कीटको अभाव - Purbeli News

पर्वत / गाउँगाउँमा कोभिड महामारी फैलिइरहेका बेला जिल्लामा स्थानीयस्तरमै कोभिड परीक्षणका लागि उपयोगी मानिएको एण्टिजेन कीट अभाव भएको छ । परीक्षण गरिएका करिब ५० प्रतिशतमा कोरोना पुष्टि भएपछि स्वास्थ्यकर्मी र स्थानीय पालिकाले बिरामीको पहिचान छिटो हुनुपर्ने माग गरेका छन् । यही मागसहित स्वास्थ्य कार्यालय तथा सबै पालिकाले जिल्लाका करिब एकतिहाइ जनसङ्ख्यालाई पुग्ने एण्टिजेन कीट माग...

पर्वतमा एन्टिजेन कीटको अभाव

गाउँगाउँमा कोभिड महामारी फैलिइरहेका बेला जिल्लामा स्थानीय स्तरमै कोभिड परीक्षणका लागि उपयोगी मानिएको एन्टिजेन कीट अभाव भएको छ । परीक्षण गरिएका करिब ५० प्रतिशतमा कोरोना पुष्टि भएपछि स्वास्थ्यकर्मी र स्थानीय पालिकाले बिरामीको पहिचान छिटो हुनुपर्ने माग गरेका छन् । यही मागसहित स्वास्थ्य कार्यालय तथा सबै पालिकाले जिल्लाका करिब एकतिहाइ जनसङ्ख्यालाई पुग्ने एन्टिजेन कीट माग गरेको बताएका छन् ।करिब ५० हजार कीट आवश्यक पर्नेमा बढीमा ३५० मात्रै कीट आएको स्वास्थ्य कार्यालयले जनाएको छ । परीक्षण गरिएकामध्ये ४६&

पर्वतमा एन्टिजेन कीटको अभाव

पर्वत, १३ जेठ: गाउँगाउँमा कोभिड महामारी फैलिइरहेका बेला जिल्लामा स्थानीयस्तरमै कोभिड परीक्षणका लागि उपयोगी मानिएको एण्टिजेन कीट अभाव भएको छ । परीक्षण गरिएका करिब ५० प्रतिशतमा कोरोना पुष्टि भएपछि स्वास्थ्यकर्मी र स्थानीय पालिकाले बिरामीको पहिचान छिटो हुनुपर्ने माग गरेका छन् । यही मागसहित स्वास्थ्य कार्यालय तथा सबै पालिकाले जिल्लाका करिब एकतिहाइ जनसङ्ख्यालाई पुग्ने एण्टिजेन कीट […]