मिर्गौला रोगी मोहनलाई उपचारका लागि आर्थिक अभाव

सल्यान : बनगाड कुपिण्डे नगरपालिका-३ बाझँकोटका मिर्गौला रोगी ४५ वर्षीय मोहन कामी आर्थिक अभावमा अस्पतालको शय्यामा छट्पटाइरहेका छन्।दुवै मिर्गौला फेल भएका कामी अहिले काठमाडौंको वीर अस्पतालमा उपचाररत छन्। आर्थिक अवस्था कमजोर भएका उनले आफूसँग भएको चार लाख सकिएपछि थप उपचारमा समस्या भएको बताए। |एक वर्षदेखि नेपालगञ्जमा उपचार गराइरहेका कामीले करिब तीन महिनाअघि काठमाडौंमा स्वस्थ्य परीक्षण गर्दा दुवै मिर्गौला फेल भएको रिपोर्ट आएको उनका छोरा राजेन्द्रले बताए।‘नेपालगञ्जमा अन्य रोगको उपचार गर्दा भएभरको