हेटौंडा सिमेन्ट उत्पादन पुनः सुरु

९ असार, काठमाडौं । फागुनदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले पुनः उत्पादन सुरु गरेको छ । सिमेन्ट उत्पादन गर्ने मेसिन, औजार लगायत सामग्री मर्मत गर्न भन्दै उद्योगको उत्पादन फागनुदेखि बन्द गरिएको थियो । उद्योगका लागि आवश्यक …

सम्बन्धित सामग्री

हेटौंडा सिमेन्ट उत्पादन बन्द

सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन बन्द भएको छ । उद्योग सञ्चालनका लागि आवश्यक कोइला अभावमा उत्पादन बन्द भएको हो ।

हेटौंडा सिमेन्ट उद्योगले पुनः थाल्यो उत्पादन

८ पुस, मकवानपुर । करिब एक महिनाअघिदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले पुनः उत्पादन सुरु गरेको छ । गत मंसिरको पहिलो हप्ताबाट सिमेन्ट उत्पादन गर्ने क्रममा आगो बाल्ने भट्टीमा प्रयोग हुने प्रि फिल्टर फ्यान, विद्युतीय …

हेटौंडा सिमेन्ट उद्योगबाट पुनः उत्पादन थालियो

करिब एक महिनाअघिदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले आजदेखि  पुनः उत्पादन सुरु गरिएको छ ।गत मङ्सिरको पहिलो हप्ताबाट सिमेन्ट उत्पादन गर्ने क्रममा आगो बाल्ने भट्टीमा प्रयोग हुने प्रि फिल्टर फ्यान, विद्युतीय मोटरलगायत केही उपकरण बिग्रिएर उत्पादन बन्द गर्नुपरेको सो उद्योगले जनाएको छ । विद्युतीय उपकरणको पाटपुर्जा बाहिरबाट खरिद ल्याई जडान गरिएको र सो उद्योगमा रहेको केही उपकरणको पनि मर्मतसम्हार पूरा गरी सिमेन्ट उत्पादनलाई बिहीबारदेखि सञ्चालनमा ल्याइएको हेटौंडा सिमेन्ट उद्योगका नायब महाप्रबन्धक

४० रुपैयाँ घटाउँदा पनि बिकेन हेटौंडा सिमेन्ट, मेसिन बिग्रिँदा उत्पादन ठप्प

हेटौंडा : लामो समयदेखि आर्थिक संकट झेलिरहेको सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगले मूल्य घटाउँदा पनि सिमेन्ट बिक्री हुन सकेको छैन। चार वर्षदेखि निरन्तर घाटामा चलिरहेको उद्योगले निजी सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न भन्दै ४० रुपैयाँ घटाउँदा पनि बिक्री नभएको हो। उद्योगका महाप्रबन्धक वसन्त पाण्डेका अनुसार गत आइतबारदेखि उद्योगले सिमेन्टको मूल्य प्रतिबोरा ४० रुपैयाँले घटाएको थियो। मूल्य घटाए पनि सिमेन्टको बिक्री अपेक्षाकृत रूपमा नभएको उनले बताए। करिब ९ सय रूपैयाँ लागतमा स

तीन महिनापछि हेटौंडा सिमेन्ट उत्पादन सुरु

कोइलाको आपूर्ति नहुँदा तीन महिनादेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले पुन: उत्पादन सुरु गरेको छ । कोइलाको अभावमा बन्द रहेको सरकारी स्वामित्वको उद्योगले मंगलबारबाट उत्पादन सुरु गरेको हो ।

हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द

काठमाडौं । सरकरी स्वामित्वको हेटौंंडा सिमेन्ट उद्योगको सिमेन्ट उत्पादन हाल बन्द भएको छ । लामो समयदेखि निरन्तर घाटामा रहेको सो उद्योगको सिमेन्ट उत्पादनका लागि चाहिने कोइलाको अभावले उत्पादन कार्य ठप्प भएको उद्योग प्रशासनले जनाएको छ । कोइलाको अभावले विगत एक महिनादेखि सिमेन्ट उत्पादन बन्द भएको हो । उद्योगका महाप्रबन्धक बसन्तकुमार पाण्डेका अनुसार कोइला खरीदका लागि […]

आजदेखि काठमाडौंको खुलामञ्चमा पार्किङ गर्न पाइने

आजदेखि फुलपातिको दिनसम्म न्यूरोडको ट्राफिक जाम कम गर्नको लागि काठमाडौंको खुलामञ्चमा पार्किङ गर्न पाइने व्यवस्था मिलाइएको छ। एमालेसँग चुनावी तालमेलबारे वार्ता गर्न लोसपाले कार्यदल गठन गरेको छ। व्यवसायमा घाटा भएको भन्दै हेटौंडा सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन बन्द गरेको छ। दोस्रो टी–२० खेलमा भारतद्वारा अष्ट्रेलिया पराजित भएको छ। वर्षाको कारण नाइजरमा १७९ जनाको मृत्यु भएको छ।

हेटौंडा सिमेन्ट उद्योगको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान

माघ २६, काठमाडौं । सरकारले हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको रिक्त महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधवार एउटा सूचना प्रकाशित गर्दै खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिनसक्ने छन् । दरखास्तका साथमा निवेदकले उद्योग सञ्चालनका लागि व्यावसायिक कार्ययोजना पेश गर्नुपर्ने छ । ३५ वर्ष उमेर पुगेको र ६५ वर्ष ननाघेको व्यक्तिले महाप्रबन्धकका लागि दरखास्त दिन सक्नेछन् । सरकारी स्वामित्वमा सञ्चालित उक्त उद्योग विगत डेढ महीनादेखि महाप्रबन्धकविहीन छ । तत्कालिन महाप्रबन्धक प्रेमशंकर सिंहको कार्यकाल सकिएसँगै उद्योग महाप्रबन्धकविहीन थियो ।            गत पुसमा सिंहको कार्यकाल सकिएको भए पनि यसअघि नियुक्ति प्रक्रिया अगाडि बढन् नसक्दा उद्योगको काम लथालिंंग हुनुका साथै हाल उद्योगको सिमेन्ट उत्पादन र विक्रीसमेत ठप्प भएको बताइएको छ ।  यो पनि हेर्नुस् : हेटौंडा सिमेन्ट डेढ महीनादेखि महाप्रबन्धकविहीन, उद्योगको काम लथालिंग

हेटौंडा सिमेन्ट उद्योगले घटायो सिमेन्टको मूल्य

असोज १०, हेटौंडा । गुणस्तरीय सिमेन्ट उत्पादन र विक्री गर्दै आएको सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगले सिमेन्टको मूल्य घटाएको छ । निजी क्षेत्रका सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न अहिले उत्पादित ओपिसी सिमेन्ट प्रतिबोरा ४७ रुपैयाँ घटाएर ७०२ रुपैयाँमा विक्री गर्ने निर्णय गरिएको उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहले जानकारी दिए।            यसअघि प्रतिबोरा ७४७  रुपैयाँमा सिमेन्ट विक्री हुँदै आएको थियो । निजी क्षेत्रबाट सञ्चालित हेटौंडाका सिमेन्ट उद्योगले सिमेन्टको बिक्री मूल्य कम गरेकाले यहाँकोे मूल्य पनि घटाइएको उद्योग प्रशासनले बताएकोे छ । अब मासिक रुपमा बजारको माग र उत्पादनको आधारमा निजी क्षेत्रका उद्योगले निर्धारण गरेको मूल्यसँग प्रतिस्पर्धा गर्नेगरी मूल्य तोकिने बताइएको छ ।            हेटौंडामा रहेको ऋद्धिसिद्धि सिमेन्ट उद्योगले ओपिसी सिमेन्ट प्रतिबोरा ७०० रुपैयाँ र शिबम् सिमेन्ट उद्योगले ओपिसी सिमेन्ट प्रतिबोरा  ६८० रुपैयाँ कायम गरी विक्री गर्दै आएका छन् । यस उद्योग गत र अघिल्लो आर्थिक वर्षमा कोरोना महामारीका कारण लक्ष्यअनुसार उत्पादन र विक्री गर्न नसकी घाटामा परेको महाप्रबन्धक सिंहको भनाइ थियो ।            प्राप्त जानकारी अनुसार यस उद्योगलाई आर्थिक वर्ष २०७६/ ७७ मा २४ करोड  रुपैयाँ र २०७५/ ७६ मा १६ करोड रुपैयाँ घाटा परेको थियो । लामो समयदेखि उद्योगको उपकरण जीर्ण भएर पटक–पटक बिग्रिनाका साथै विगत दुई वर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण लक्ष्यअनुसार उत्पादन र बिक्री गर्न नसकिएको उद्योगका प्राविधिकको भनाइ छ ।            निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न पटक–पटक योजना र कार्यक्रम ल्याइए पनि कार्यान्वयनमा समस्या हुने गरेको उद्योगका प्राविधिकको भनाइ छ । उद्योगले आफ्नै खानीबाट चुनढुङ्गा, रातो माटोलगायत कच्चापदार्थमार्फत सिमेन्ट उत्पादन गर्दै आएको छ ।रासस