धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या पहिचान तथा छानबिनका लागि सरकारले गठन गरेको कार्यदलले स्वास्थ्य सामग्री खरिदमा बिचौलियासँग मिलेमतो गर्नाले अनियमितता झाँगिएको निष्कर्ष निकालेको छ । कार्यदलको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/७८ मा मात्रै प्रतिष्ठानले सिलबन्दी दरभाउ वा बोलपत्रको प्रक्रिया नअपनाई ३ करोड ४५ लाखको टुक्रे खरिद गरेको छ ।