डेस्कबेञ्च भएकाे कक्षाकोठामा जनप्रतिनिधिकाे ताल्चा, विद्यार्थी खुला चौरमा पढ्न बाध्य

जलेश्वर । महोत्तरीको एक विद्यालयमा विद्यार्थीको पठनपाठनका लागि बनाइएको डेस्कबेञ्च कक्षाकोठामा र विद्यार्थी खुला चौरमा पढ्दै गरेको पाइएको छ । जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–५ मा रहेको माध्यमिक विद्यालय पर्सापतैलीमा विगत पाँच महिनादेखि स–साना बालबालिका कक्षाकोठा र डेस्कबेञ्च हुँदाहुँदै पनि खुला चौरमा पढ्न बाध्य छन् । प्रदेश सरकारले उक्त विद्यालयमा गत आर्थिक वर्ष...

सम्बन्धित सामग्री

हावाले छानो उडाएपछि  खुला आकाशमा पढ्दै विद्यार्थी

सल्यान : बनगाड कुपिण्डे नगरपालिका ११ मा रहेको भेरी निम्न माध्यमिक विद्यालयको दुई कोठे भवनको हावाहुरीले छाना उडाएको एक वर्ष पुग्नै लाग्दा पनि मर्मत हुन सकेको छैन। विद्यालयको छाना मर्मत नहुँदा विद्यार्थीहरू खुला आकाशमा पढ्न बाध्य भएका छन्।गत वैशाख २८ गते आएका हावाहुरीले विद्यालयको छाना फालेको थियो।विद्यालय मर्मत गरिदिन नगरपालिकालाई बारम्बार आग्रह गरे पनि बेवास्ता भइरहेको विद्यालयका प्रधानाध्यापक हेमराज ओलीले बताए। भवनको अभाव नहुँदा विद्यार्थीलाई खुला चौर र छाना उडाएको भवनमै राखेर पढाउँदै आएको उनको