खेलमैदान बनाउँदा भवन भत्कियो‚ भदौदेखि टहरामा पढ्न बाध्य विद्यार्थी

तुलसीपुर : खेलमैदान बनाउँदा विद्यालयको भवन भत्किएपछि सरस्वती आधारभूत विद्यालयका विद्यार्थीहरू भदौदेखि टिनको टहरामा पढ्न बाध्य भएका छन्। दाङ जिल्लाको शान्तिनगर गाउँपालिका-१ बाघखोरमा रहेको विद्यालयको खेलमैदान बनाउँदा भवन भत्किएपछि यस्तो अवस्था आएको हो। टिनको टहरामा ४ वटा कक्षाकोठा छन्। गत भदौदेखि यही टहरामा विद्यार्थीहरूले पढ्दै आएका छन्। खुला टहरामा बसेर पढ्दा पढाइमा असर पुग्ने विद्यार्थी इमबहादुर विकले बताए। उनका अनुसार सडक नजिकै रहेको कक्षाकोठामा गाडी हिँड्दा पूरै समस्या हुन्छ। यस्तै उनले एक ठाउँमा ४ वटा कक्षाकोठा ह...