अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा जैविक तथा रासायनिक हतियार प्रयोग गर्न सक्ने दाबी गर्नुभएको छ ।
बाइडेनले युक्रेन युद्धमा बेहोर्नु परिरहेको चर्को प्रतिरोधका कारण रुसी नेता भ्लादिमिर पुटिन रासायनिक हतियारको प्रयोगतर्फ उन्मुख भएका र त्यसको तयारी स्वरुप रुसले युक्रेनमा जैविक तथा रासायनिक अस्त्र रहेका झुटा खबर फैलाउन थालेको बताउनुभएको बीबीसीले जनाएको छ ।
बितेको २६ दिनकोे लडाइँमा युक्रेनी सेनाको चर्को प्रतिरोधले पुटिनले धक्का पाएको र अब चर्को कारबाहीतर्फ अघि बढेका बाइडेनको दाबी छ । उहाँले अमेरिक...