प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले कुनै पनि हालतमा राजीनामा नदिने बताएका छन् । प्रधानन्यायाधीश राणाले न्यायाधीशहरूको भेटमा आफू संवैधानिक प्रक्रियाबाट आएकाले सडकबाट राजीनामा माग्दैमा नदिने अडान लिए ।
सर्वोच्चका १५ न्यायाधीशहरूले मंगलबार प्रधानन्यायाधीश राणालाई राजीनामा दिएर न्यायालयलाई सहज बनाइदिन आग्रह गरेपछि विवादमा मुछिएका अन्य न्यायाधीशले पहिला राजीनामा दिनुपर्ने सर्त अघि सारेका छन् ।
‘तपाईंहरूले गरेका आदेश–फैसलालाई लिएर पनि विवाद भएको छ । सो विवादित फैसलामा सामेल तपाईंहरूले पनि राजीना...