काठमाडौं : सरकारले हरेक वर्ष ल्याउने बजेट अगाडि नीति तथा कार्यक्रम ल्याउने गर्छ।सोही नीति तथा कार्यक्रम अनुसार सरकारले बजेट ल्याउने र वार्षिक विकासको लक्ष्य तय गरेको हुन्छ। यसमा सांसदहरूलाई छलफलका लागि पर्याप्त समय दिइएको हुन्छ। उनीहरूले सरकारलाई रचनात्मक सुझाव दिने र अन्य सांसदहरूको विचारलाई मनन गर्नुपर्ने हो। तर, ऐन, कानुन निर्माण, देश विकास र जनताको समस्या लिएर सदन पुगेका सांसदहरू नै बैठकमा बस्दैनन्। आइतबार र सोमबार पुरानै प्रवृत्ति दोहोरियो। आइतबार बिहान ११ बजेबाट सुरू भएको बैठकमा