१७ चैत, काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले पपुवा न्युगिनी पीएनजीविरुद्ध करण केसीले गरेको प्रदर्शनलाई ‘ब्रिलियन्ट अचिभमेन्ट’ भनेका छन् । ‘करण केसीको स्पेल ब्रिलियन्ट अचिभमेन्ट हो, क्रिकेटमा थोरै मात्र यस्तो उपलब्धि हुन्छ’, उनले कीर्तिपुरमा पत्रकारसँग भने, ‘क्रिकेट यात्रामा पछि फर्केर हेर्दा पनि यसको महत्व हुन्छ ।’ उनले सबै जनाले राम्रो प्रदर्शन गरेका कारण […]