मंगलबार नेपाल बन्दका कारण बजार सुनसान थियो। सोमबार रातीको बम विस्फोट र मंगलबार बिहानै बागलुङमा बजारमा भेटिएको बमको खबरले जनजीवन त्रसित थियो। यसैबीचमा फैलियो, नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी बागलुङ आएका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका तेज बलर करण केसी यतिबेला पाकिस्तानी संचारमाध्यम तथा सामाजिक सञ्जालहरुमा भाइरल भैरहेका छन् । एसिया कप खेल्न नेपालबाट पाकिस्तान उत्रेदेखि नै संजालहरुले करण केसीको शारीरिक बनावटलाई लिएर आश्चर्य प्रकट गर्दै विश्वप्रसिद्ध रेस्लरसंग तुलना गरेका छन् । पाकिस्तानी र भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले करणको बलिङ गतिलाई लिएर पनि उच्च तारिफ गरेका छन् …
नेपाली क्रिकेटमा फेब्रुअरी १४ वा भ्यालेन्टाइन डेलाई अब ‘करण केसी डे’ भन्ने गरिन्छ । नेपाल अहिले एकदिवसीय अन्तर्राष्ट्रियमा रहनुको प्रमुख एउटा कारण करण नै हुन् । करणले फेब्रुअरी १४ मा खेलेको एउटा असाधारण इनिङ्सले नेपाललाई अहिलेको स्थितिमा पुर्याएको हो ।
२६ बैशाख, काठमाडौं । जिम्बावे ‘ए’विरुद्धको एकदिवसीय श्रृखंलामा नेपाली बलर करण केसी प्लेअर अफ दी सिरिज बनेका छन् । तीनवटै खेलमा स्थिर प्रदर्शन गरेका करण केसी श्रृखंलाकै उत्कृष्ट खेलाडी घोषित भए । उनले तीन खेलमा कूल ६ विकेट लिएका थिए । यस्तै पहिलो खेलमा मात्र ब्याटिङ गरेका उनले २५ रन बनाएका थिए । ‘प्लेअर अफ […]
काठमाडौंमा जारी नेपाल, मलेसिया र पपुवा न्यूगिनी (पिएनजी) सम्मिलित त्रिदेशीय टी २० प्रतियोगितामा नेपालले लगातार तेस्रो जीत हातपारेको छ । आज सम्पन्न प्रतियोगिताको तेस्रो खेलमा नेपालले पिएनजीमाथि सहज जीत हातपारेको हो । नेपालको सहज जीतमा ब्याटिङमा दीपेन्द्रसिंह ऐरी र बलिङमा करण केसी नायक बन्न पुगे । टस हारेर ब्याटिङमाा ओर्लेको नेपालले दीपेद्रको अद्र्धशतकको मद्दतले २०३ …
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका अल राउन्डर करण केसी नेपाल पुलिस क्लबमा आवद्ध भएका छन् । नेपाल पुलिस क्लबका प्रशिक्षक मनोज कटवालले करण पुलिसमा आबद्ध भएको पुष्टि गरे । ‘नेपाल राष्ट्रिय क्रिकेट टिमको सर्वोत्कृष्ट अलराउन्डर करण के।सी। नेपाल पुलिस क्लबमा आबद्ध हुनु भएकोमा उहाँलाई हृदय देखि स्वागत गर्दछौ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । २६ […]
युएईमा जारी आबुधाबी टी–१० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर करण केसी आवद्ध पुणे डेभिल्सले पराजित भएको छ । शुक्रबार भएको खेलमा पुणे कलन्दरसँग ९ विकेटले पराजित भएको हो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, कुशल मल्ल र करण केसी यूएई प्रस्थान गरेका छन् । उनीहरू टी–१० लिग क्रिकेट खेल्न बिहीबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् ।