देशभरका विद्यार्थीहरुले पाठ्यपुस्तक प्राप्त गरिसकेका छन् : शिक्षा मन्त्रालय

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्ष देशभरका विद्यार्थीहरुले समयमै पाठ्यपुस्तक प्राप्त गरेको जनाएको छ । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी शैक्षिक सत्र २०८० का लागि ७७ वटै जिल्लाका विद्यार्थीहरुले समयमै पाठ्यपुस्तक प्राप्त गरेको जानकारी गराइएको हो । वैशाख दास्रो हप्तासम्म आइपुग्दा देशभरका सबै विद्यार्थीहरुले पाठ्यपुस्तक प्राप्त गरिसकेका मन्त्रालयका सह–सचिव तथा प्रवक्ता दीपक […]

सम्बन्धित सामग्री

विद्यालय तहको पाठ्यक्रम परिवर्तनको तयारीमा शिक्षा मन्त्रालय

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहको पाठ्यक्रम परिमार्जन गर्न तयारी अघि बढाएको छ । पाठ्यपुस्तक भन्दा पनि पाठ्यक्रमलाई व्यवहारिक बनाउन मन्त्रालयले तयारी अघि बढाएको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले जानकारी गराएकी हुन् । शिक्षा पत्रकार समूहको २५ औ वार्षिकोत्सवको अवसरमा आयोजित कायृक्रममा शिक्षामन्त्री भट्टराईले पाठ्यक्रम परिमार्जनको आधार पहिचान गर्न असोज दोस्रो […]

यस वर्ष देशभरका विद्यार्थीले समयमै किताब पाए : शिक्षा मन्त्रालय

काठमाण्डाै – सरकारले यस वर्ष देशभरका विद्यार्थीले समयमै पाठ्यपुस्तक (किताब) प्राप्त गरेका जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज आइतवार पत्रकार सम्मेलन गरी शैक्षिक सत्र २०८० का लागि ७७ वटै जिल्लाका विद्यार्थीले समयमै किताब प्राप्त गरेको जानकारी दिएको हो । वैशाख दास्रो हप्ताभित्रै देशभरका सबै विद्यार्थीको हातमा किताब पुगेको मन्त्रालयका सह–सचिव एवम् प्रवक्ता दीपक शर्माले बताउनुभयो । यस वर्ष जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट कक्षा ६ देखि १० सम्मको एक करोड ५५ लाख थान र निज...

पाठ्यपुस्तक समयमा नछापिनुको कारण रुस-युक्रेन युद्ध !

‘हाम्रो कार्यतालिका अनुसार चैत १० गतेसम्ममा सम्पूर्ण कागज आपूर्ति गरिसक्नुपर्ने सम्झौता असोज २४ गते गरिएको थियो । तर यो बीचमा रुस–युक्रेन युद्ध भयो । जसका कारण हामीकहाँ मात्रै होइन, विश्वभर नै कागजको हाहाकार भयो । त्यसको प्रभाव नेपालमा पनि पर्‍यो’ जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झा भन्छन् ।

सरकारलाई संसदीय समितिको निर्देशन : एक महिनाभित्र पाठ्यपुस्तक छापिसक्नू

११ जेठ, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले विद्यालय तहको पाठ्यपुस्तक एक महिनाभित्र छापिसक्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन दिएको छ । १ जेठदेखि नयाँ शैक्षिक सत्र सुरु भए पनि सरकारले विद्यार्थीलाई पाठ्यपुस्तक दिन सकेको छैन । यस विषयमा छलफल गर्न बुधबार शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा मन्त्रालय […]

स्वीकृत भएन पाठ्यक्रम, छापिएनन् पुस्तक

करिब डेढ महिनादेखि शिक्षा मन्त्रालय मन्त्रीविहीन हुँदा कक्षा ११ को प्राविधिकतर्फको पाठ्यक्रम स्वीकृत हुन सकेको छैन । पाठ्यक्रम विकास केन्द्र र जनक शिक्षा सामग्री केन्द्रको ढिलाइका कारण कक्षा १२ का विद्यार्थीले अनिवार्य विषयको पाठ्यपुस्तक पनि पाउन सकेका छैनन् ।

सधैँ पाठ्यपुस्तक अभाव

विद्यालय तहमा जब नयाँ शैक्षिक सत्र सुरु हुन थाल्छ, तब पाठ्यपुस्तकको कुरा जोडतोडले उठ्न थाल्छ। जनक शिक्षा सामग्री ठाडा कान लाउन थाल्छ। शिक्षा मन्त्रालय र मातहतका निकाय निर्देशन दिन थाल्छन् अभिभावक, शिक्षक र विद्यार्थी कराउन थाल्छन्। पत्रपत्रिकामा पाठ्यपुस्तक अभावका शीर्षकहरू देखिन थाल्छन्। बाँकी ११ महिना सबै पक्ष कानमा तेल हालेर बस्छन्। यो कथाजस्तो सुनिने नेपालको विद्यालय तहको शिक्षाले वर्षौंदेखि भोग्दै आएको चक्रीय समस्या हो। शिक्षा कुनै पनि मुलुकको विका

नयाँ शैक्षिकसत्रका पाठ्यपुस्तकबारे दुइथरी तथ्याङ्क

प्रकाश सिलवाल- काठमाडौँ : आगामी शैक्षिक सत्रका लागि कति पाठ्यपुस्तक आवश्यक छ भन्नेमा शिक्षा मन्त्रालय मातहतका दुई निकायबीच फरक फरक तथ्यांक देखिएको छ।कक्षा ६ देखि १० सम्मको पाठ्यपुस्तकको छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले एक करोड ८३ लाख थान पाठ्यपुस्तक भए पुग्ने अनुमान गरेको तथा शिक्षा विभागले एक ...