बलात्कार मुद्दामा ७ वर्ष कैद तोकिएका फरार प्रतिवादीलाई केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको सोनपुर घर भएका ३४ वर्षीय जोहरु भाट छन् ।२०७० भदौ ६ मा जोहरु भाट र अर्का एकजनाले गिजरा सामुदायिक वनमा दाउरा खोज्न गएकी महिलालाई बलात्कार गरेका थिए । २०७८ असारमा अदालतले उनलाई ७ वर्ष कैद र ५० हजार क्षतिपूर्ति हुने फैसला गरेको थियो । फैसलापछि उनि फरार थिए । उनलाई जमुनाहबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ ।