स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनबीच तालमेल भए पनि दार्चुलाका ९ वटा पालिकाको नतिजालाई विश्लेषण गर्ने हो गठबन्धनले खासै प्रभाव पारेको देखिन्न । केही पालिकाका सत्तारुढ गठबन्धनका बाबजुद एमालेले शानदार जित हासिल गरेकोमात्र होइन, विगतमा नेपाली काँग्रेसले जितेका पदमा समेत बाजी मारेको छ ।केही पालिकामा भने गठबन्धनका कारण एमालेले आफ्नो वर्चश्व गुमाउनु परेको देखिन्छ । यतिमात्र होइन, गठबन्धन घटक बीचको तालमेलबाट फाइदा हुन्छ भन्ने भ्रम पनि काँग्रेसको हकमा तोडिएको उदाहरण दार्चुलाकै व्यास गाउँपालिकाको म