पोखरा । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस लगायतका दलहरूको माग बमोजिम डाकिएको विशेष अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेश हुँदैछ ।आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबार सुरु हुने बैठकमा अविश्वास प्रस्ताव पेश गर्ने कार्यसूची बनाएको हो ।विशेष अधिवेशनको पहिलो दिनको बैठकमा अविश्वास प्रस्तावका प्रस्तावक काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले प्रस्तावको औचित्य प्रकाश पार्नेछन् ।