गण्डकी प्रदेशसभा अधिवेशन शुरू हुँदै, मुख्यमन्त्री गुरुङ विरुद्धको अविश्वास प्रस्ताव पेश हुने

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतले दर्ता गराएको अविश्वासको प्रस्ताव सोमवार प्रदेश सभामा पेश हुँदैछ । गण्डकी प्रदेश सभाको बैठक सोमवार दिउँसो २ बजे शुरू हुँदैछ ।  नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेल नेपालीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै कांग्रेस र माओवादीले मुख्यमन्त्री गुरुङविरुद्ध वैशाख २ गते प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।  सोमवार बस्ने बैठकको शुरूमै मुख्यमन्त्रीमा प्रस्तावित पोखरेलले सम्वोधन गर्ने गरी कार्यसूची तय...