काठमाण्डौ – विभिन्न संवैधानिक निकायमा गरिएका नियुक्तिविरुद्ध सभामुख अग्निप्रसाद सापकोटाले दायर गरेको रिट निवेदनमा सर्वाेच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले ती नियुक्ति गर्नुको कारण खुलाएर पठाउन संवैधानिक परिषद्लगायतसँग जवाफ माग गरेको छ । राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश तथा संवैधानिक परिषद्को कार्यालयलगायतका विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो । कारण देखाऊ आदेशसँगै रिटलाई अग्राधिकार दिन भनिएको छ । संवैधानिक आयोगमा नियुक्त भएकाहर...