‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान–२०७९’ घोषणा

भक्तराज आचार्य सङ्गीत प्रतिष्ठान र सिटी एक्सप्रेस मनि ट्रान्सफरको संयुक्त आयोजनामा प्रदान गरिँदै आएको ‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान–२०७९’ घोषणा गरिएको छ । यो वर्ष ‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान–२०७९’ गायनतर्फ गायक दीप श्रेष्ठ र सङ्गीततर्फ सङ्गीतकार शक्ति बल्लभलाई प्रदान गरिने गायक भक्तराज आचार्यका छोरा स्वरुपराज आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार पुरस्कार राशि जनही …

सम्बन्धित सामग्री

हजार आँखा र सपनाका आचार्य आवाज

विभिन्न सपना सम्झिएर मनमनै रमाउने भजनशिरोमणि गायक तथा संगीतकार भक्तराज आचार्य अब सधैंका लागि बिलाएका छन्।...

बल्लभ र श्रेष्ठलाई ‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान’

‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान–२०७९’ गायनतर्फ गायक दीप श्रेष्ठ र सङ्गीततर्फ सङ्गीतकार शक्ति बल्लभलाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु ५० हजार रहेको छ । यस्तै रु २५ हजार राशिको ‘सुशीला आचार्य सुस्वास्थ्य कामना सम्मान’ युवा तबलावादक भिपी सिंहलाई प्रदान गरिएको छ । भक्तराज आचार्य सङ्गीत प्रतिष्ठान र सिटी एक्सप्रेस मनि ट्रान्सफरको संयुक्त …

सिटी एक्सप्रेसको भक्तराज आचार्य संगीत प्रतिष्ठानसँग सहकार्य

सिटी एक्सप्रेस मनी ट्रान्सफरले भक्तराज आचार्य संगीत प्रतिष्ठानसँगको सहकार्यमा ‘भक्तराज आचार्य राष्ट्रिय

भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान : श्रेष्ठ र बल्लभलाई

वरिष्ठ गायक दीप श्रेष्ठ तथा संगीतकार शक्ति बल्लभलाई ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७९’ प्रदान गरिएको छ । ललितपुरको झम्सिखेलमा आयोजित एक कार्यक्रमकाबीच वरिष्ठ संगीतकर्मी भक्तराज आचार्यसहितका व्यक्तित्वले गायनतर्फ श्रेष्ठ तथा संगीततर्फ वल्लभलाई सम्मानित गरेका हुन् । सम्मानका साथ नगद ५० हजार रुपैयाँ समेत रहेको छ । कार्यक्रममा ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ युवा तबलाबादक भिपी […]

भक्तराज आचार्य राष्ट्रिय सम्मान शुभबहादुर र तीर्थकुमारीलाई

काठमाडौं । संगीतकार शुभबहादुर सुनाम र गायिका तीर्थकुमारीलाई ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७८’ प्रदान गरिएको छ । भजन शिरोमणि भक्तराज आचार्यको सम्मानमा स्थापना गरिएको पुरस्कारसँगै दुवै जनालाई ५० हजार १ रुपैयाँ नगद समेत प्रदान गरियो । भक्तराज पत्नीको नामबाट नामाकरण गरिएको ‘सुशीला आचार्य स्वास्थ्य कामना सम्मान’बाट वाद्यवाधक रुपेश सिंहलाई नगद २५ हजार १ रुपैयाँ […]

भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान सुनाम र थापालाई

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा उहाँहरूलाई जनही ५० हजार एक रुपैंयासहित सम्मान गरिएको हो । सुनाम र थापालाई भक्तराज आचार्य र सुशीला आचार्यले सम्मान प्रदान गर्नुभयो ।

भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान

सिटी एक्सप्रेस मनी ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा “भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान”२०७५ सालको गायनतर्फ बरिष्ट गायक प्रेमध्वज प्रधान र संगीततर्फ बरिष्ठ संगीतकार शम्भूजीत बासकोटालाई जनही पुरस्कार रु ५०,००१ प्रदान गरिएको छ ।

हरिप्रसाद रिमाललाई ‘भक्तराज आचार्य राष्ट्रिय सङगीत सम्मान’

भक्तराज आचार्य सङ्गीत प्रतिष्ठान र सिटी एक्सप्रेस मनि ट्रान्सफरको संयुक्त आयोजनामा गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमाललाई ‘भक्तराज आचार्य राष्ट्रिय सङगीत सम्मान २०७४’ बाट सम्मानित गरेको छ ।