न्युयोर्कको एक अपार्टमेन्टमा आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ जसमा ९ बालबालिका समावेश छन् ।न्युयोर्कका मेयर एरिक एडम्सले उक्त घटनामा घाइते भएका ३२ जनालाई अस्पताल भर्ना गराइएको जसमध्ये धेरैको अवस्था गम्भीर भएको भएको जानकारी दिए ।दमकल विभाग कमिश्नर डेनियल निग्रोले १९ तले भवनको प्रत्येक तलामा पीडित भेटिएको बताए । घटनाका बेला अत्यधिक धुँवा निस्किएको उनले बताए ।उनले एनबीसी न्युजलाई दिएको जानकारी अनुसार ३० वर्षको अवधिमा यस्तो प्रकृतिको घटनाका कारण यति धेरैको मृत्यु भएको यो पहिलो पटक ह