जनकपुरधाम । मधेश प्रदेशकै प्रसिद्ध जनकपुरधामको राजदेवी मन्दिरमा दशैंको महाष्टमी राति हजारौं बोकाको बली चढाइएको छ । आइतबार राति निशानपूजा सम्पन्न भएलगत्तै ८:२० बजेबाट बलि दिन सुरू गरियो । आज बिहान ४:०५ बजे बलि सम्पन्न भयो । आठ घण्टामै मन्दिरमा १५ हजार २५१ बोकाको बलि चढाइएको छ । बलि चढाउन सयौं स्वयंसेवक परिचालन गरिएको थियो […]