कोसी कटानको मन्दिरमा ३३ वटा बोकाको बलि

सुनसरी : कोसी गाउँपालिका–४ स्थित कोसी कटानमा निर्माण गरिएको दुर्गा तथा काली मन्दिरमा ३३ वटा बोकाको बलि दिइएको छ।बडादशैंको महानवमीका दिन त्यहाँ निर्माण गरिएको काली तथा दुर्गा मन्दिरमा ३३ वटा बोका र दुईवटा राँगाको बलि दिइएको मेला समितिका अध्यक्ष अरुणकुमार मण्डलले जानकारी दिए।स्थानीयवासी तथा भक्तजनले गरेको भाकल पूरा भएकाले बलि दिएको बताइएको छ। यसैबीच बडादशैंको अवसरमा सुनसरीको विभिन्न ठाउँमा निर्माण गरिएको दुर्गा तथा काली मन्दिरमा पनि मेला लागेको छ। सुनसरी सदरमुकाम इनरुवा–२ स्थित बि