गत असोज ७ गते जनकपुर पुगेका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले आफ्नो प्रतिनिधिसभा निर्वाचन क्षेत्र धनुषा–३ मा एक महिनासम्म घुमफिर गरे । अहिले उनी पूरै तामझामका साथ सर्लाही पुगेका छन् । पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता शरतसिंह भण्डारी, कार्यकारिणी सदस्यहरु अनिलकुमार झा, जितेन्द्र सोनललगायतका नेताहरु यतिखेर सर्लाहीमै केन्द्रित छन् ।यसअघि दसैँको शुभकामना कार्यक्रम लिएर धनुषा क्षेत्र नम्बर ३ का विभिन्न ठाउँमा घुमेका महतोले धनुषाबाट पुनः चुनाव जित्न सकिन्