२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा मकवानपुरका ३ वटा स्थानीय तहमा नेकपा एमालेविरुद्ध नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन थियो । एक उपमहानगरपालिका, एक नगरपालिका र ८ गाउँपलिकासहित १० वटा स्थानीय तह रहेको मकवानपुरको ३ वटा पालिकामा काँग्रेस र माओवादी केन्द्र चुनावी गठबन्धनमा रहेर निर्वाचनमा होमिएका थिए ।मकवानपुरमा बलियो अवस्थामा रहेको एमालेविरुद्ध काँग्रेस र माओवादी केन्द्रले २ नगर क्षेत्र र एक गाउँपालिकामा गठबन्धन गरेका थिए । बागमती प्रदेशको राजधानीसमेत रहेको प्रदेशकै एक म