काठमाडौँ– काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन नहुँदा सडक किनारमा फोहोरको थुप्रो लागेको छ। नुवाकोटको सिसडोलका स्थानीयले अवरोध गर्दा फागुन १ गतेदेखि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापन हुन सकेको छैन। फोहोर सडक किनारमा थुपार्दा दुर्गन्ध फैलिएको छ। फोहोर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै सम्पन्न नगरेको भन्दै पासाङल्हामु राजमार्गका स्थानीयवासीले गरेको […]