काठमाडौं : पासाङ ल्हामु राजमार्गका स्थानीयको अवरोधका कारण काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य दश दिनदेखि रोकिएको छ। पासाङ ल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण व्यवसायीद्वारा पटकपटक काम रोकिँदा त्यसको प्रत्यक्ष असर भने उपत्यकाको नागरिकले भोग्नुपरेको छ।पछिल्लो समय यही वैशाख ११ गतेदेखि पुनः उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन कार्य रोकिएको छ।हाल फोहोर विसर्जन गरिएको स्थान नुवाकोटस्थित सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङ ल्हामु राजमार्गका बासिन्दाको