डडेल्धुरा : शनिबार परेको ‘विश्व वातावरण दिवस’ डडेल्धुरामा क्यारी निर्माण गरी फूलका विरुवा रुपेर मनाइएको छ। सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा मन्दिर परिसरमा क्यारी बनाएर दुई सय फूलका विरुवा रोपेर मनाइएको हो।‘नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुनः स्थापना’ भने नाराका साथ डिभिजन वन कार्यालय डडेल्धुराको आयोजनामा दिवस मनाएको हो।संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष जुन ५ मा वातावरण दिवस मनाउने घोषणा गरेअनुरूप नेपालमा पनि यो दिवस मनाउन लागिएको हो। तर, कोरोना महामारीका कार