ए डिभिजन लिगको दुई चरणका खेल दशरथ रंगशालामा हुने

मंसिर ३ गतेबाट हुने सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत सुरुवाती दुई चरणका सबै खेल दशरथ रंगशालामा हुने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस अघि जारी गरेको तालिकालाई हेरफेर गर्दै नयाँ खेल तालिका सार्वजनिक गरेको छ । जस अन्तर्गत सुरुआती दुई चरणको सबै खेल त्रिपुरेश्वरस्थित रंगशालामा हुने जनाएको छ । यस अघि एन्फाले आयोजना गरेको ड्र सार्वजनिक कार्यक्रमबाट खेल दशरथ रंगशाला र एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने जनाएको थियो ।शुक्रबारबाट सुरु हुने लिगको उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र

सम्बन्धित सामग्री

ए डिभिजन लिग यसै साता सकिने

काठमाडौं (हाम्रो खेलकुद)– झण्डै चार महिना चलेको कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग यो साता सम्पन्न हुँदैछ । १३ औं तथा अन्तिम चरणका ७ खेल साताका अन्तिम ३ दिनमा सम्पन्न हुनेछ । बिहीबारबाट सुरु हुने अन्तिम चरणका खेल शनिबार सम्पन्न हुनेछ । बाँकी ७ मध्ये ४ खेल दशरथ रंगशाला र ३ खेल सातदोबाटोस्थित एन्फा […]

‘ए’ डिभिजन लिगको उपाधि मछिन्द्रलाई

मछिन्द्र फुटबल क्लबले दुई खेल अगावै सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मैदानमा बुधबार भएको खेलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उक्त प्रतियोगिताको उपाधि जितेको हो ।मछिन्द्रले अब १२औँ चरणको खेलमा थ्रीस्टार क्लब र अन्तिम खेलमा नेपाल एपिएफ फुटबल क्लबसँग खेल्न बाँकी छ […]

ए डिभिजन लिगमा आज दुई खेल

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन्। लिगको दशौँ चरणअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा न्यूरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लब भिड्दैछन्। यी दुई टोलीबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ। एनआरटी ९ खेलबाट १३ अंक जोडेर लिगको सातौं स्थान रहेको छ। हिमालयन ९ खेलमा ११ अंक जोडेर आठौं स्थानमा रहेको छ। दशरथ रंगशाला मै अपराह्न पौने ५ बजे हुने दोस्रो खेलमा नेपाल एपीएफ क्लब र संकटा क्लब भिड्नेछन्। एपीएफ ९ खेलमा १० अंक जोडेर नवौं स्थानमा रहे

‘ए’ डिभिजन लिगमा आज तिन खेल हुँदै

काठमाडौं, २९ माघ । ‘ए’ डिभिजन लिग फुटबलमा आज (शनिबार) तीन खेल हुँदैछ । लिगको दशौँ चरण अन्तर्गतका तीन खेलमा दुई खेल दशरथ रंगशाला र एक खेल एन्फा कप्लेक्समा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्र फुटबल क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । मछिन्द्र […]

‘ए’ डिभिजन लिगः आज तीन खेल हुने

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज शनिबार तीन खेलहरु हुँदैछ । लिगको दशौं चरण अन्तर्गत शनिबार दुई खेल दशरथ रंगशाला र एक खेल एन्फा कप्लेक्समा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्र फुटबल क्लब र च्यासल युथ क्लबबीच दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ । मछिन्द्रले च्यासललाई हराएर शीर्ष स्थानमा ७ […]

फुटबल हेर्न दशरथ रंगशाला पुगे राजेश हमाल

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल हेर्न महानायक राजेश हमाल दशरथ रंगशाला पुगेका छन् । शनिबार लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबबीचको खेल हेर्न हमाल रंगशाला पुगेका हु्न् । पहिलो हाफअघि नै रंगशाला पुगेका हमालले खेलपछि म्यान अफ दि म्याच मछिन्द्र क्लबका सुनिल बललाई म्यान अफ दि म्याच अवार्ड प्रदान गरे […]

पोखरामा पहिलो पटक ए डिभिजन लिग हुँदै

काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा शनिबार तीन खेल हुँदैछन् । जसमध्ये दुई खेल दशरथ रंगशाला र एक खेल पोखरा रंगशालामा हुँदैछ । पोखरामा पहिलो पटक ए डिभिजन लिग सञ्चालन हुँदैछ । जहाँ मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । मनाङले होम ग्राउन्डका रुपमा प्रयोग गर्न लागेको पोखरा […]

ए डिभिजन लिग : शुक्रबारबाट पाँचौँ चरणका खेल हुने

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौँ चरणको खेलहरू भोलि (शुक्रबार) बाट सुरु हुँदै छन् । दशरथ रंगशाला र पोखरा रंगशालामा आयोजना हुने सात खेलहरू सोमबारसम्म आयोजना हुनेछ । एन्फाले पहिलो पटक लिगलाई मोफसलमा लगेको हो । एक खेल पोखरामा हुँदा बाँकी ६ खेल काठमाडौंमा हुनेछ । शुक्रबार दुई खेल हुनेछन् । सातदोबाटो युथ क्लबले त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ । दोस्रो खेलमा संकटाले मछिन्द्र क्लबलाई चुनौती दिनेछ । खेल दशरथ रंगशाला र पोख

ए डिभिजन लिग ३ मैदानमा खेलाउने पक्का, एउटा मैदानबारे निर्णय हुन बाँकी

काठमाडौं : आगामी साता सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलका खेलहरु ३ वटा मैदानमा खेलाउने तयारी भएको छ।अघिल्ला संस्करणमा २ वटासम्म मैदानमा खेलाइएको ए डिभिजन यसपालि ३ वटा मैदानमा खेलाउने तयारी भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।पहिलो र दोस्रो चरणमा त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा खेल हुनेछ।दोस्रो चरणमा च्यासल मैदान पनि खेलाउने तयारी भएको एन्फा लिग कमिटीका निर्देशक संजिव मिश्रले जानकारी दिए।उनका अनुसार पोखराको रंगशाला