ए डिभिजन लिग : शुक्रबारबाट पाँचौँ चरणका खेल हुने

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौँ चरणको खेलहरू भोलि (शुक्रबार) बाट सुरु हुँदै छन् । दशरथ रंगशाला र पोखरा रंगशालामा आयोजना हुने सात खेलहरू सोमबारसम्म आयोजना हुनेछ । एन्फाले पहिलो पटक लिगलाई मोफसलमा लगेको हो । एक खेल पोखरामा हुँदा बाँकी ६ खेल काठमाडौंमा हुनेछ । शुक्रबार दुई खेल हुनेछन् । सातदोबाटो युथ क्लबले त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ । दोस्रो खेलमा संकटाले मछिन्द्र क्लबलाई चुनौती दिनेछ । खेल दशरथ रंगशाला र पोख