ए डिभिजन लिग ३ मैदानमा खेलाउने पक्का, एउटा मैदानबारे निर्णय हुन बाँकी

काठमाडौं : आगामी साता सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलका खेलहरु ३ वटा मैदानमा खेलाउने तयारी भएको छ।अघिल्ला संस्करणमा २ वटासम्म मैदानमा खेलाइएको ए डिभिजन यसपालि ३ वटा मैदानमा खेलाउने तयारी भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।पहिलो र दोस्रो चरणमा त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा खेल हुनेछ।दोस्रो चरणमा च्यासल मैदान पनि खेलाउने तयारी भएको एन्फा लिग कमिटीका निर्देशक संजिव मिश्रले जानकारी दिए।उनका अनुसार पोखराको रंगशाला